बिहीबार, ३ जेठ २०८१

हिमालयन क्यापिटलको “हिमालयन इन्क्यूबेटर” सञ्चालनमा

समयपोष्ट २०७९ फागुन १७ गते १९:३०

Advertisement

 

हिमालयन बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले “हिमालयन इन्क्यूबेटर” सञ्चालनमा ल्याएको छ ।

कम्पनीले उद्यमीहरूको लागि एक प्लेटफर्मको रूपमा “हिमालयन इन्क्यूबेटर” सञ्चालनमा ल्याएको हो ।

कम्पनीका अनुसार यसको सल्लाहकार र अनुसन्धान शाखाहरूद्धारा स्टार्टअप/उद्यमीहरूलाई निरन्तर अन्तरक्रिया र मार्गदर्शनद्वारा सहजीकरण गर्नेछ ।

Advertisement

यसले स्टार्टअप/उद्यमीहरूलाई कम्पनी सञ्चालन गर्ने तालिम,व्यापार मोडेलहरू,स्केलिंग प्रशिक्षण, आर्थिक सहायता उपलब्ध गराउन सहयोग गर्नेछ । साथै यसले

लगानीकर्ता, आपूर्तिकर्ता, ग्राहक, र अन्यसंग सम्बन्ध जोड्न मद्दत गर्नेछ भने राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा एक्सपोजर प्राप्त गर्न सहयोगी भुमिका खेल्नेछ ।

यस कार्यक्रममा  www.himalayancapital.com/incubator  मार्फतआवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री