सोमबार, २४ वैशाख २०८१

केडिया फाउन्डेसनको कानून सम्मान तथा पुुरस्कार वितरण कार्यक्रम सम्पन्न

समयपोष्ट २०७९ फागुन १७ गते १८:१०

Advertisement

शंकरलाल केडिया फाउण्डेशनले कानून सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

बुधबार कानून व्यवसायी क्लव, काठमाण्डौं, कानून द्घैमासिक पत्रिका एंव केडीया फाउन्डेसनको संयूक्त आयोजना भएको उक्त कार्यक्रममा का.मु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको प्रमुख आतिथ्यता तथा कानून व्यवसायी क्लवका अध्यक्ष श्याम प्रसाद खरेलको सभापतित्वमा सम्पन्न भएको हो ।

समारोहमा सर्वोच्च अदालतका न्यायाधीसहरु, कानून व्यवसायी क्लवका सदस्य र पदाधिकारीहरु, वरिष्ठ अधिवक्ताहरु र अन्य गन्यमान्य व्यक्तिहरुका साथै शंकरलाल केडिया फाउण्डेशनबाट अनिल कुमार केडियाको उपस्थिती रहेको थियो ।

कानून व्यवसायी क्लव र शंकरलाल केडिया फाउण्डेशनको सयुक्त तत्वावधानमा विगत देखि स्व. शंकरलाल केडिया कानून पुरस्कार, कानून युवा पुरस्कार, उत्कृष्ट कानून पुस्तक पुरस्कार एवं कानून पत्रिकामा वर्ष भरिमा प्रकाशित लेख रचना मध्ये उत्कृष्ट लेख, रचनाका लेखकहरुलाई उत्कृष्ट कानून लेखन पुरस्कार प्रदान हुदै आएको छ ।

Advertisement

पुरस्कार र सम्मानलाई अझै गरिमामय बनाउदै जाने लक्ष्य अनुरुप क्लव र फाउण्डेशन वीच भएको सम्झौता बमोजिम यस पटक स्व.शंकरलाल केडिया कानून सम्मान पुरस्कारद्धारा वरिष्ठ अधिवक्ता प्राध्यापक गुणनीधि न्यौपानेलाई सम्मानित गरिएको छ ।


यस्तै स्व.शंकरलाल केडीया स्मृति युवा कानून पुरस्कार वरिष्ठ अधिवक्ता महेश कुमार थापा र स्व.शंकरलाल केडिया उत्कृष्ट पुस्तक लेखन पुरस्कार वेपत्ता पारिएका परिवार छानबिन आयोगका सचिव श्याम कुमार भट्टराईद्धारा लिखित “संवैधानिक तथा प्रशाशकीय कानून” पुस्तकको लागी प्रदान लागि प्रदान गरियो ।

फाउण्डेसनले यस अघि ११ वर्षसम्म लगातार न्याय एवं कानून क्षेत्रका वरिष्ठ व्यक्तित्वहरुलाई सम्मानित गरेको थियो । पहिलो वर्ष पूर्व प्रधानन्यायाधीश सम्माननीय विश्वनाथ प्रसाद उपाध्यायलाई सम्मान गरेका थियो भने दोस्रो वर्ष वरिष्ठ न्यायाधीश स्व. लक्ष्मण अर्याललाई (मरणोपरान्त) सम्मानित हुनुभएका थियो । तेस्रो वर्ष अपराध शास्त्रका विद्धान प्राध्यापक डा. माधव आचार्यलाई सम्मानित गरेका थियो भने चौथो वर्ष सर्वोच्च अदालतका पूर्व माननीय न्यायाधीश टोप बहादुर सिंहलाई सम्मानित गरेका थियो ।

यस्तै पाँचौ वर्ष न्यायक्षेत्रका विज्ञ एवं कानूनवेता लेखक पूर्व सचिव रेवतिमण खनाललाई सम्मानित गरेका थियो ने छैटौं वर्षको शंकरलाल केडिया स्मृती पुरस्कार तत्कालिन मन्त्रिपरिषद्का अध्यक्ष एवं पूर्व प्रधानन्यायाधीश सम्माननीय खिलराज रेग्मी, सातौ वर्षको लागी वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारी, आठौ वर्षको लागि पूर्व प्रधानन्यायाधीस राम प्रसाद श्रेष्ठ, नवौ वर्ष प्रा.डा. अम्बर प्रसाद पन्त, दशौं वर्ष युगल किशोरलाल र ११औं वर्ष पूर्व प्रधानन्यायाधीश राम कुमार प्रसाद शाहलाई प्रदान गरिएको थियो ।

हाल सम्म स्व. शंकरलाल केडिया उत्कृष्ट पुस्तक लेखन पुरस्कार व.अ मुकुन्द रेग्मी, डा. भीमार्जुन आचार्य, डा. युवराज संग्रौलालाई प्रदान गरिएको थियो । यस्तै हाल सम्म उत्कृष्ट पुस्तक लेखन पुरस्कार प्राप्त गर्ने अन्य विद्धानहरु डा. लक्ष्मी प्रसाद मैनाली, डा. राजेन्द्र आचार्य र डा.चन्द्रकान्त ज्ञवालीलाई प्रदान गरिएको थियो ।

हालसम्म शंकरलाल केडिया युवा कानून पुरस्कार पाउनु हुनेहरुमा डा. भीमार्जुन आचार्य, माधव बस्नेत, ललित बस्नेत, शमीर शर्मा, पंकज कर्ण, दीपेन्द्र झा, शरद प्रसाद कोईराला हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री