सोमबार, ३ कार्तिक २०८२

एक्साइडको नयाँ विद्युतीय रिक्सा ब्याट्री बजारमा

समयपोष्ट २०७९ फागुन १७ गते १७:५४

Advertisement

सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले एक्साइड ब्राण्डको विद्युतीय रिक्सामा प्रयोग हुने नयाँ इ–रिक्सा ब्याट्रीको नेपाली बजारमा विक्री वितरण सुरु गरेको छ ।

एक्साइड ब्राण्डको इ–रिक्सा ब्याट्री नेपालको एक मात्र १५ महिना लामो वारेन्टी भएको ब्याट्री हो ।

विश्व प्रसिद्ध एक्साइड ब्राण्डको इ–रिक्सा ब्याट्रीहरु फ्याक्ट्रीबाट पहिले नै चार्ज हुने भएकोले सिधा जडान गर्न सकिने कम्पनीले जनाएको छ । साथै विशेष अलोई प्रणाली भएका यी ब्याट्रीहरुले छिटो चार्ज हुनुका साथै प्रशोधित पानीको पनि कम खपत गर्छन ।

कम्पनीका अनुसार “रगेड ट्युवलर पोजिटिभ प्लेट“ को विशेषता भएकोले यसले विद्युतीय रिक्साको भार तान्न सक्ने क्षमतामा अधिकतम वृद्धि गर्दछ । उत्कृष्ट रसायनिक एवं अन्य गुणहरुको कारण यो नयाँ उत्पादनले छोटो समयमै ग्राहकहरुको मन जित्नेमा आफुहरु ढूक्क रहेको कम्पनीले जनाएको छ ।

Advertisement

कम्पनीको अनुसार कुनै पनि पुरानो ब्याट्री साटेर नँया एक्साइड ब्याट्री पनि ग्राहकहरुले प्राप्त गर्न सक्नेछन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री