बिहीबार, १ साउन २०८२

गोरखाको गमलाडाँडा र ल्होमा जिएसएम मोबाइल सेवा विस्तार

समयपोष्ट २०७४ चैत १४ गते १५:०४

नेपाल टेलिकमले मनास्लु पदमार्गमा पर्ने गोरखाको माथिल्लो दुर्गम क्षेत्र गमलाडाँडा र ल्होमा जिएसएम मोबाइल सेवा विस्तार गरेको छ ।

Advertisement

कम्पनीले गोरखाको माथिल्लो क्षेत्र चुमनुर्वी गाउँपालिका–३ गमलाडाँडा र सोही गाउँपालिकाको वडा नं २ ल्होमा यही चैत्र ७ गते टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याएको हो ।

गमलाडाडाँमा राखिएको बिटीएस टावरबाट उक्त गाउँपालिकाका लाक्पाल, यारुफाँट, जगत, सल्लेरी, भालुवन, पाती, फिदिमलगायत आसपास अतिदुर्गम गाउँका बासिन्दा मोबाइल सेवाबाट लाभान्वित भएको टेलिकमले जनाएको छ ।

ल्होमा जडान भएको टावरबाट ल्हो, ख्याला, स्यो, लिलगायत गोरखाका अतिविकट उत्तरी क्षेत्रका बासिन्दा मोबाइल सेवाबाट लाभान्वित भएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री