सोमबार, ५ साउन २०८२

एभरेष्ट इन्स्योरेन्सको बोनस पाउन सेयर डिम्याट अनिवार्य

समयपोष्ट २०७४ चैत ५ गते ६:४२

एभरेष्ट इन्स्योरेन्स कम्पनीले सेयरधनीले अनिवार्य सेयर डिम्याट गरेपछि मात्र २० प्रतिशत बोनस प्राप्त गर्ने जनाएको छ । यससंगै भौतिक सेयर प्रमाणपत्र धारण गरेका सेयरधनीले आफुसँग भएको सेयर डिम्याट गरेपछि मात्र बोनस सेयर प्राप्त गर्नेछन् ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि बुकक्लोज गरेको मितिसम्म सेयर डिम्याट गरेका सेयरधनीलाई बोनस सूचीकरण पश्चात निजहरुको हितग्राही खातामा बोनस वितरण गर्ने जनाएको छ ।
असार ८ गते पछाडि डिम्याट गरेका सेयरधनीले पनि क्रमश: आफ्नै डिम्याट खातामा बोनस पाउने कम्पनीले जनाएको छ ।

सेयरधनीले कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटल वा सिडिएस एण्ड क्लियरिङ्गबाट निक्षेप सदस्य रहेका कुनैपनि संस्थाबाट सेयर डिम्याट गराउन सक्नेछन् ।

कम्पनीकाे गत असार २३ गते सम्पन्न पाँच आर्थिक बर्षको साधारण सभाले सेयरधनीलार्इ २० प्रतिशत बाेनस वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री