बुधबार, ७ साउन २०८२

सन्तोष कोइराला माछापुच्छ्रे बैंकको कामु डेपुटी सिइओमा बढुवा

समयपोष्ट २०७४ चैत १ गते १२:१३

माछापुच्छ्रे बैंकले डेपुटी महाप्रबन्धक सन्तोष कोइरालालाई कामु डेपुटी प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ।

१८ बर्षदेखि बैंकिङ क्षेत्रमा रहेका कोइरालाले बैंक अफ काठमाण्डू (बिओके) बाट करियर शुरु गरेका हुन्। उनले त्यहाँ सहायक पदबाट करियर शुरु गरेका थिए। बिओकेमा साढे चार बर्ष बिताएपछि कोइराला सानिमा बैंक गएका थिए।

सानिमा बैंकमा साढे नौं बर्ष बिताएका उनी माछापुच्छ्रे बैंक गएको पाँच बर्ष भएको छ । त्रिभूवन विश्वविद्यालयबाट एमबिए गरेका उनीसँग बैंकिङभित्रकै अधिकांस विभागको अनुभव छ। उनले ऋण लगानी, सञ्चालन, ट्रेजरी, मानव संशासन विभागलगायतको नेतृत्व गरिसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री