बिहीबार, १३ वैशाख २०८१

विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४६ पुग्यो

समयपोष्ट २०७४ फागुन २८ गते ११:३९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४६ पुगेको छ । दुर्घटना स्थलमा ४६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

Advertisement

३१ जनाको उद्दार गरिएकोमा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको संख्या अझै बढन सक्ने बताईएको छ ।
घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार बंगलादेशबाट काठमाडौँ आएको उक्त विमानमा लागेको आगो निभाउन अहिले नेपाली सेना, नेपाल प्रहरी, काठमाडौँ तथा ललितपुर महानगरपालिका र विमानस्थलकै दमकलले आगो निभाउने कार्य गरिरहेका छन् ।

दुर्घटना भएको विमानमा ३३ जना नेपाली यात्रु रहेको प्रारम्भी जानकारी आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको विमान दुर्घटनापछि भइरहेको उद्धारको अवस्थाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा विमानस्थल पुगेका थिए । प्रधानमन्त्री ओलीले उद्धारका लागि आवश्यक सबै स्रोतसाधन जुटाउन निर्देशन दिँदै घटनाप्रति दुःख व्यक्त गरे । ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री