शनिबार, ८ वैशाख २०८१

राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिना निर्विरोध

समयपोष्ट २०७४ फागुन २८ गते ९:५०

राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् । एमाले सांसद तिमिल्सिनाको मात्र उम्मेदवारीपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा बुधबार राष्ट्रियसभा बैठकले गर्नेछ ।

Advertisement

तिमिल्सिनाको प्रस्तावकमा एमालेका खिमलाल भट्टराई र समर्थकमा माओवादीका दीनानाथ शर्मा र एमालेका सुमनराज प्याकुरेल छन् ।
राष्ट्रियसभा अध्यक्षमा निर्वारोध बनेपछि तिमिल्सिनाले सभालाई सबैको साझा संस्था बनाउने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री