बुधबार, १२ वैशाख २०८१

फोटोसुटका लागि चार्टर गरिएको हेलिकप्टर नदीमा खस्यो, दुईको मृत्यु (भिडियो सहित)

समयपोष्ट २०७४ फागुन २८ गते ६:३०

अमेरिकाको न्युयोर्क सहरको ‘इस्ट रिभर’ नामक नदीमा हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा
दुई जनाको मृत्यु भएको छ ।

Advertisement

उद्धार गरिएका मध्ये ३ जनाको अवस्था चिन्ताजनक रहेको न्युयोर्क प्रहरीले जनाएको छ । हेलिकप्टरका पाइलट भने आफ्नो ज्यान जोगाउन सफल भएका छन् ।

अधिकारीहरुका अनुसार फोटोसुटका लागि चार्टर गरिएको उक्त हेलिकप्टरमा ६ जना सवार थिए । स्थानीय समयअनुसार साँझ सात बजे उक्त हेलिकप्टर रुजभेल्ट टापु नजिकै दुर्घटनाग्रस्त बनेको थियो ।

सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा हेलिकप्टर बिस्तारै नदीमा खस्दै पानीको डुबेको देख्न सकिन्छ ।

पत्रकार सम्मेलनमा बोल्दै न्युयोर्क फायर कमिस्नर ड्यानियल निग्रोले शोकपूर्ण घटनाले सबैलाई स्तब्ध बनाएको बताए ।

फेडेरल एभिएसन अथोरिटीले यस विषयमा अनुसन्धान शुरु गरिसकेको छ ।
एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री