शुक्रबार, ७ वैशाख २०८१

‘भ्रष्ट र तस्करहरुको सुचना मलाई दिनुस्, गृह मन्त्रालयले तिनीहरुमाथि एक्सन लिन्छ ’

समयपोष्ट २०७४ फागुन २७ गते १०:२६

गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले देश विकासका लागि भ्रष्टहरुमाथि प्रहार जरुरी भएको बताएका छन् ।

Advertisement

आइतबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री थापाले सञ्चार माध्यमले भ्रष्टाचारीहरुलाई एक्सपोज गर्नुपर्ने बताए । उनले भने, ‘भ्रष्ट र तस्करहरुको सुचना मलाई दिनुस्, गृह मन्त्रालयले तिनीहरुमाथि एक्सन लिन्छ ।’

नेपालको सुरक्षा संयन्त्र अस्तव्यस्त रहेको र उल्लेख गर्दै मन्त्री थापाले पुरै सुरक्षा संयन्त्रको सुधार जरुरी भएको बताए । ‘मुठ्ठीभरले बद्मासी गरिरहेका छन्, सिपाहीहरु सड्कछाप जस्तै ब्यारेक बिहीन छन्’ मन्त्री थापाले भने, ‘यो अवस्थालाई पूरै रिफर्म गर्न जरुरी छ ।’

मुलुकमा ब्याप्त भ्रष्टाचार नियन्त्रणका लागि गृह मन्त्रालयले कानुको सीमामा रहेर काम गर्ने उद्घोष गर्दै उनले ‘हुण्डीबाज’ अहिलेको गृह मन्त्रालयको मुख्य निशाना रहेको बताए ।

गणतन्त्र स्थापना भैसकेपछि पनि देशमा अस्थिरता पैदा गर्ने षड्यन्त्र भैरहेको उल्लेख गर्दै मन्त्री थापाले पूर्ण शान्ति, जनताको जिउधनको सुरक्षा र मुलुकको कु–शासनको अन्त्य आफ्नो कार्यकालको मुख्य लक्ष्य रहेको बताए ।

‘तस्कर र भ्रष्टाचारी शान्ति र विकासका बाधक हुन्’ उनले भने, ‘यहाँ खरबौंको अबैध धन्दा चल्छ, राजस्व नतिर्नेको हातमा अर्थतन्त्र छ, राजस्व नतिर्नेहरुको हातबाट अर्थतन्त्रलाई मुक्त गरेर राष्ट्रवादीको हातमा ल्याउन जरुरी छ ।’

यसैबीच विप्लव माओवादी बारे सोधिएको जिज्ञासामा गृहमन्त्री थापाले देशमा राजावादीहरुले समेत अस्थिरता ल्याउन खोजेको भन्दै विधीको शासन स्थापीत गर्दै त्यस्ता शक्तिहरुसँग ट्याकल गरिने बताए ।

उनले भने, ‘कतिपय राजनितीक मुद्दाहरुपनि छन्, तिनीहरुलाई राजनीतिक रुपमा समाधान गर्नुपर्छ अन्य अस्थिरता ल्याउने तत्वहरुसँग विधिको शासनमा कडाई गरेर नै ट्याकल गर्न सकिन्छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री