
विश्वकै प्रदूषित सहरमा काठमाडौं छैठौँ स्थानमा परेको छ। वायुको अनुगमन गर्ने स्वीस कम्पनी आइक्युएयरले सार्वजनिक गरेको सूचीमा राजधानी काठमाडौं विश्वको छैठौँ प्रदूषित सहर बनेको छ। विश्वकै प्रदूषित देशको सूचीमा नेपाल १० औँ स्थानमा छ। काठमाडौं उपत्यका धेरै प्रदूषित रहेको देखिएको छ।
काठमाडौंमा हावाको गुणस्तर अस्वस्थकर रहेको छ। मंगलबार काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १ सय ६१ रहेको छ। हिजो दिउँसो काठमाडौंको एक्यूआई १ सय ६७ रहेको थियो। सामान्यतया ० देखि ५० सम्मको एक्यूआईलाई राम्रो मानिन्छ।
एक सय ५० भन्दा माथि दुई सयसम्मलाई अस्वस्थकर र त्यसभन्दा माथि तीन सयसम्मलाई अति अस्वस्थकर मानिन्छ। काठमाडौंको आकाश मंगलबार पनि धुम्मिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार जमिन तातेर हावासँगैका कण वायुमण्डलमा रहँदा तुवाँलो जस्तै देखिएको छ। मौसमविद् हिरा भट्टराईका अनुसार अझै एक–दुई दिन मैसम खुल्ने सम्भावना न्यून रहेको छ। जमिन तातेर हावासँगैका कण वायुमण्डलमा रहँदा तुवाँलो जस्तै देखिएको छ। पानी नपरे यो अवस्था अझै बढ्नसक्छ’, उहाँले भन्नुभयो। आज सामान्यतया सबै ठाउँको मौसम यस्तै रहने उहाँको भनाइ छ। पहाडी क्षेत्रका केही भूभागमा हल्का वर्षाको सम्भावना रहेको उहाँको भनाइ छ।
विगतको अनुभव
गत वर्ष पनि नेपालमा वायु प्रदूषणको मात्रा बढी भएका कारण विद्यालय बन्द नै गर्नुपरेको थियो। उपत्यकामा यसरी प्रदूषण बढ्नुको मुख्य कारण पुराना सवारी साधनलाई मानिएको छ।
काठमाडौं उपत्यका कचौरा आकारको भएकाले पनि यहाँ पानी नपरिकन वातावरण सफा हुँदैन। पानी नपर्दासम्म मौसम खुल्न नसक्ने मौसमविद्को भनाइ छ। आजको गोरखापत्र दैनिकमा यो समाचार छ ।







प्रतिक्रिया