प्रतितोला १३ सय रुपैयाँले घट्यो सुन

सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य १३ सय रुपैयाँले घटेको जनाएको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ कायम भएको महासंघले जनाएको थियो । जुन, आज तोलामा १३ सय रुपैयाँको गिरावट आएको छ ।

प्रतितोला १३ सय रुपैयाँ घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९८ हजार ७०० रुपैयाँ छ । यसैगरी, आज सुनको मूल्य घटेको दिन चाँदीको मूल्य पनि घटेको छ ।

हिजो तोलामा १३ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज १३ सय ७० रुपैयाँ कायम भएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री