
वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासद्वारा “विहार सरकार र मधेस प्रदेश सरकार बीच पर्यटनको प्रवर्द्धन” शीर्षकमा छलफल गरेको छ ।
दूतावासले मंलबार आजादीका अमृत महोत्सव (भारत @ 75) अन्तरगत वीरगन्जमा छलफल कार्यक्रमको आयोजना गरेको हो ।
द्विपक्षीय पर्यटन प्रवद्र्धन गरी दुवैतर्फका पर्यटकले भोग्नुपरेका कठिनाइहरू समाधान गर्ने र यस सम्बन्धमा सरकारी तथा निजी निकायहरूबीचको सम्पर्क कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताईएको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुघ्न महतो रहनु भएको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी र एनआइडी पर्सा, पूर्वी चम्पारणका जिल्ला अधिकारी, पश्चिम चम्पारणका अतिरिक्त जिल्ला मजिस्ट्रेट, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत, पर्सा राष्ट्रिय निकुञ्जका प्रतिनिधि, होटल तथा टुर अपरेटरका प्रतिनिधि सहभागी थिए तथा छलफलमा भारत र नेपालका तर्फबाट आ–आफ्ना धारणा राख्नुभएको थियो ।
चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र वाल्मीकि टाइगर रिजर्भको सम्बन्धलाई वक्ताहरूले प्रकाश पारेका थिए। भारत र नेपालका पर्यटकीय गन्तव्य रामायण, बुद्ध र जैन सर्किटले जोडेको उल्लेख गरिएको थियो । मधेस प्रदेश र बिहारको पूर्वी र पश्चिम चम्पारण जिल्लामा पर्यटकीय गन्तव्य प्रवर्द्धनमा ध्यान केन्द्रित गरिएको थियो। सीमामा हेल्प डेस्क स्थापना गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो ।
नेपालमा भारतीय सवारीसाधनबाट असुली हुने सडक कर र अन्य कर असुलीमा सुधार र सहजीकरण गर्ने विषयमा मन्त्री महतोले सहमति जनाउनु भएको थियो ।
उहाँले उठाईएका बिन्दुहरूलाई उचित रूपमा लिइएको र समस्याहरू समाधान गर्न उपयुक्त कदम चालिने पनि सहभागीहरूलाई आश्वासन दिनुभयो।








प्रतिक्रिया