शनिबार, १५ वैशाख २०८१

भ्रष्टाचारीलाई जेल हालिन्छ : नेता नेपाल

समयपोष्ट २०७४ फागुन २५ गते १५:०६

नेकपा (एमाले)का नेता माधवकुुमार नेपालले वाम गठबन्धनको सरकारले भ्रष्टाचारीलाई जेल हाल्ने बताउनुभएको छ ।

Advertisement

जिल्लाको यमुुनामाई गाँउपालिका झुुनखुुन्वामा कालोपत्रे सडक शिलान्यास गर्दै उहाँले भन्नुभयो, “यदि कसैले भ्रष्टाचार गरेको छ भने अहिले नै फिर्ता गर नत्र पछि कुनै शीप लाग्दैन पछुुतोमा पर्ने छ ।”

स्थानीय निकायमा राम्रो काम गर्नेलाई पुुरस्कार र भ्रष्टाचार गर्नेलाई जेल हाल्ने वाम सरकारको योजना रहेको उहाँले प्रस्ट पार्नुुभयो ।

गौर गरुडा चन्द्रपुर सडकखण्डको उदाहरण दिँदै उहाँले आज शिलान्यास भएको विभिन्न ठाँउका ५२ किलोमिटर कालोपत्रे सडक पनि त्यस्तै मजबूुत बनाउन ठेकदार र कर्मचारीको ध्यानाकर्षण गराउनुुभयो ।

प्रतिनिधिसभा सदस्य प्रभू साहले निर्वाचनअघि आफूुुले सार्वजनिक गरेको घोषणापत्रमा यस क्षेत्रलाई धुुँवारहित बनाउने योजनाअनुुसार दुुईसय परिवारलाई ग्यास सिलिण्डर, ग्यास र चुुल्हो वितरण गरेको बताउनुुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री