अझै सहज रुपमा सञ्चालनमा आएन चीनसँगको व्यापारिक नाका तातोपानी : आयात न्यून, निर्यात शून्य

चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानी अझै सहज रुपमा सञ्चालनमा आउँन सकेको छैन ।

Advertisement

विसं २०७२ को भूकम्प, बाढीपहिरो तथा कोरोना महामारीपछि नाका सजहरूपमा सञ्चालन हुन नसकेको हो । नाका सञ्चालन गर्न उच्चस्तरीय पहल गर्नुपर्ने तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नारद गौतमले बताए ।

नाका पूर्ण रुपमा सञ्चालनमा नआए पनि तातोपानी भन्सारबाट आर्थिक वर्षको माघ मसान्तसम्म लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको गौतमले बताए ।

माघ मसान्तसम्म रु दुई अर्ब चार करोड राजस्व सङ्कलन भएको तातोपानी भन्सार अधिकृत गौतमले बताए । रु ८२ करोड ६४ लाख लक्ष्य रहेकामा यो लक्ष्यको २४७.१७ प्रतिशत हो ।

आर्थिक वर्ष २०७८/७९ असार मसान्तसम्म एक अर्ब ६४ करोड लक्ष्य लिएकामा रु दुई अर्ब चार करोड राजस्व उठेको थियो । राजस्व उठे पनि आयात भने सहज नभएको प्रमुख गौतमले बताए । सोमबार दुईवटा मात्रै कन्टेनर भित्रिएको, कहिले आयात शून्य हुने गौतमले बताए । ‘आयात न्यून रहेको छ भने निर्यात शून्य रहेको गौतमले भने ।’

Advertisement

नेपाल आइपुगेका १० मुख्य सामग्रीमा तयारी कपडा, स्याउ, होजियरी कपडा, जुत्ता चप्पल, ओखर, लेडिज सेण्डल, डबल क्याव पिकअप गाडी, हाते झोलालगायत छन् । भूकम्पअघि यस नाकाबाट दैनिक रु डेढ करोडसम्म राजस्व असुली हुँदै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री