बिहीबार, १५ चैत २०८०

बैंकर्स संघबाट एक्लिदैँ एनआइसी एसिया

समयपोष्ट २०७४ फागुन २५ गते ७:५६

बैंकर्स संघले एनआइसी एसिया बैंकसँग तत्कालका लागि कुनै पनि किसिमको कारोबार नगर्ने भएको छ । शुक्रबार आकस्मिक रुपमा बसेको संघको बैठकले ब्याज दर नबढाउने प्रतिबद्धता जनाएर त्यसको ठिक बिपरितको अभ्यास गरेको भन्दै कारोबार नगर्ने निर्णय गरेको हो ।

Advertisement

गत शुक्रबार एनआइसी एसियासहितका २८ वटै बैंकबीच बचत खाताको ब्याज दर ८ प्रतिशतभन्दा माथि नजाने र एक बर्षे मुद्दतिमा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति भएको थियो । सहमति लगत्तै एआइसी एसियाले १० प्रतिशतको बचतको ब्याजलाई ८ प्रतिशतमा झारेको थियो ।

तर बिहीबारबाट फेरि बचतको ब्याज १० प्रतिशत पुर्याउँदै मुद्दतिमा १२ प्रतिशत ब्याज दिने सुचना सार्वजनिक गरेको थियो ।

सुचना सार्बजनिकसँगै बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले बैंकबाट राजिनामा गरेका थिए । रिसालले नै संघमा बचतमा ८ र मुद्दतिमा ११ प्रतिशत ब्याज कायम गर्ने सहमति गरेका थिए। संघमा गरेको सहमति कायम गर्न नसकेपछि उनले बैंक छाड्ने निर्णय गरेका थिए।

आगामी दिनमा कसरी अगाडि बढ्नेबारे संघले आइतबार २७ वटा बाणिज्य बैंकहरुलाई छलफलमा डाकेको छ। आइतबारको वैठकपछि ब्याज दर कति हुने र कसरी अगाडि बढ्ने भन्नेबारे आवश्यक निर्णय हुने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री