मंगलबार, ६ साउन २०८२

सूर्योदय लघुवित्तको ७० प्रतिशत हकप्रद खुल्यो

समयपोष्ट २०७४ फागुन २५ गते ७:२१

सूर्योदय लघुवित्तले दुई लाख ८० हजार कित्ता हकप्रद सेयर जारी गरेको छ । बैंकले फागुन २५ गते देखि चुक्ता पूँजीको ७० प्रतिशतले हुने दुई लाख ८० हजार कित्ता हकप्रद जारी गरेको हो ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । कम्पनीको हकप्रदमा चैत्र २९ गतेसम्म आवेदन गदिन सकिन्छ । माघ २५ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

ग्लोबल आईएमई क्यापिटल, सूर्योदय लघुवित्तका शाखा कार्यालय तथा आस्वा सेवा प्राप्त जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट हकप्रद सेयरमा आवेदन दिन सकिनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी चार करोड ७६ लाख रुपैयाँ रहेको छ । हकप्रद विक्री पश्चात कम्पनीको चुक्ता पूँजी ७ करोड ५६ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री