मंगलबार, ८ जेठ २०८१

डी.ए.भी द्वारा शिक्षा क्षेत्रमा समर्पित महिला सम्मानित

समयपोष्ट २०७८ फागुन ३० गते ११:१९

Advertisement

डी.ए.भी सुशील केडिया विश्व भारती विद्यालय तथा कलेजले काठमाडौं उपत्यका लगायत प्रदेश तहका शिक्षा क्षेत्रमा समर्पित महिलालाई सम्मान गरेको छ ।

११२ औँ विश्व महिला दीवसको अवसरमा २१६ मनोनित महिलाहरु मध्यबाट शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएका ८४ महिलाहरुलाई डी.ए.भी ले सम्मान गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथी प्रा.डा. कुशुम शाक्य डीन. मानविकी तथा समाजशास्त्र त्रिभुवन विश्व विद्यालय रहनु भएको थियो ।उनले डी.ए.भी विद्यालयले शिक्षा क्षेत्रका महिलाहरु खोजी गरि सम्मान गर्नु निजी क्षेत्र कै सह्रानिय कार्य रहेको उल्लेख गरेका छन् ।

Advertisement

सोही अवसरमा उहाले शिक्षा क्षेत्रमा महिलाहरुको उल्लेखनिय सहभागिता देखिनुले नेपाली समाज र लैङ्गिक समानता तिर उन्मुखसमेत रहेको बताएका छन् । त्यस्तै उहाँले विश्व महिला दीवस मनाउनुको कारण र त्यसका विभिन्न आयामहरुको चर्चा गरेका छन् ।

डी.ए.भी. अध्यक्ष  अनिल केडियाले शिक्षा क्षेत्रमा अथक योगदान पुर्‍याउनु भएका महिलाहरुलाई सम्मान गर्दा आफू ज्यादै खुशी भएको बताए । कार्यक्रममा प्रथम महिला सुनिता केडिया, प्रमुख अतिथि, कुशुम शाक्य लगायत विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले सम्मानपत्र प्रदान गरेका छन् ।

विद्यालयकि प्राचार्य डा. भुवनेश्वरी रावले विद्यालयका अभिभावकहरू आफ्नो छोरीहरुको व्यक्तित्व विकासका अवसरहरुमा छोराहरु सरह समान हुनुपर्ने धारणा राखिन् । साथै उनले महिलाहरू शिक्षाको माध्यमबाट करौंडौं मानिसहरको भविष्यमा सकारात्मक परिवर्तन ल्याएका बिभिन्न तथ्यहरु प्रकाश पारेकी छन् ।

विद्यालयका शिशु, प्राथमिक, निम्न माध्यामिक तथा माध्यामिक तहका विद्यार्थीहरुले महिला दीवस प्रति समर्पित रहि, नाचगान, अभिनय तथा विभिन्न कलाहरु प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री