शनिबार, १५ वैशाख २०८१

जब मेयर शाक्य हातमा गैँटी बोकेर निस्किए..

समयपोष्ट २०७४ फागुन २५ गते २:०५

गत सोमबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य हातमा गैँटी बोकेर सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना भत्काउन पुगे ।

Advertisement

आजको नागरिक ‘काष्ठमण्डप’मा यो खबर छापिएको छ, मेयरमा निर्वाचित भएको १० महिनापछि उनी मिचिएका सार्वजनिक जग्गा फिर्ता लिन कस्सिएका हुन् ।

सोमबार वडा नम्बर ३ स्थित होटल काठमाडौंले साढे ६ आना सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएको एकतले भवन भत्काउन उनले सघाए ।

मेयर शाक्यले अतिक्रमित सार्वजनिक जग्गा फिर्ता लिन वडाध्यक्षलाई बोलाएरै निर्देशन दिएका थिए ।

यसपछि सुरु अभियानको प्रारम्भकै महानगरले करिब तीन करोड रुपैयाँ मूल्य पर्ने जग्गा फिर्ता पाएको छ ।

‘सार्वजनिक जग्गा जनताको हितमा’ नामक अभियान सुरु गरिएको हो ।

मेयर शाक्यले भने,

-२०७२ सालको भूकम्पले हामीलाई ठूलो पाठ सिकाएको छ ।

-सहरी सुन्दरता कायम गर्न, हरियाली बचाउन र आपतविपतमा आश्रय लिन पनि खुला स्थानको संरक्षण गर्न जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री