आइतबार, २३ वैशाख २०८१

बीमा बिक्री आवश्यकतामा आधारित हुनुपर्छ

समयपोष्ट २०७८ फागुन २५ गते १५:३८

Advertisement

नेपालमा मेटलाइफ २० वर्ष पूरा गरेर २१ वर्षको यात्रामा छ । यहाँसम्म आउँदा कम्पनीको अवस्था कस्तो छ ?

नेपालमा मेटलाइफ २००१ मा सुरुवात भएको कम्पनी हो । यो बहुराष्ट्रिय कम्पनी भएको हुनाले यसले नेपालमा अन्तर्राष्ट्रिय अभ्यासहरुलाई कसरी लागु गर्न सकिन्छ भन्ने हिसाबले थुप्रै नयाँ कुराहरु लिएर आएको छ । त्यो सबैभन्दा महत्वपूर्ण पक्ष हो । हाम्रो कम्पनीले १ सय ५३ वर्ष पूरा गरिसकेको छ । ४० भन्दा बढी राष्ट्रहरुमा यसले व्यवसाय विस्तारसमेत गरिसकेको छ । जति पनि यसका अनुभवहरु छन्, त्यसको सदुपयोग गर्न नेपालले पाएको छ । यसले सम्पूर्ण बीमा क्षेत्रमा योगदान पु¥याएको छ । बीमा क्षेत्रमा मात्र नभई हाम्रो राष्ट्रकै लागि पनि यस कम्पनीले योगदान दिइरहेको छ । त्यस्तै समुदाय, ग्राहकलाई त झन् गर्ने नै भयो । विशेषगरी नेपालमा २००२ बाट जब व्यवसाय सुरु भयो, अन्तर्राष्ट्रियस्तरको जनशक्ति विकासका लागि अन्तर्राष्ट्रियस्तरको तालिम कार्यक्रम सुरु गर्यो । यसले गर्दा अहिले प्रोफेसनल एजेन्सी कोर्षको विकास हुन सफल भएको छ, जुन एकदम व्यावसायिक ढङ्गले सञ्चालन भइरहेको छ । एकातिर हाम्रो एजेन्सी फोर्स डिष्ट्रिव्युसन च्यानल स्थापित भएको छ । एजेन्सीलाई करिअरको रुपमा हेर्न थालिएको छ । डिष्ट्रिव्युसनकै अर्को पाटोमा हेर्दा बैङ्कासुरेन्स भनेर पनि हाम्रो कम्पनीले सुरु गर्यो, जुन अहिले बैङ्कासुरेन्सकै रुपमा नभए पनि लघुवित्त कम्पनीहरुसँग पार्टनरसिप गरेर लघुवित्तको माध्यमबाट लघु बीमा अघि बढिरहेको अवस्था छ । डिष्ट्रिव्युसनबाहेक अन्य क्षेत्रमा प्रडक्ट र सर्भिसमा पनि थुप्रै नयाँ इनोभेसनहरु लिएर आएको छ ।

सरसर्ती हेर्दा धेरै कुरा प्रथमपटक नेपालमा गर्न मेटलाइफ सफल भएको छ । एउटा अन्तर्राष्ट्रियस्तरको तालिमहरुको सुरुवात् भयो भने एजेन्सी कोर्षको सुरुवात ग¥यो । प्रडक्टको कुरा गर्दा बच्चासँगै अभिभावकको पनि बीमा हुने चाइल्ड एजुकेसन प्रोटेक्सन प्लान लिएर आएको छ । त्यसलाई पनि पहिलो योगदान नै भन्न सकिन्छ । लघु बीमा प्रथमपटक नेपालमा स्थापना भयो । घातक रोगविरुद्ध बीमा गर्ने पहिलोपटक नेपालमा मेटलाइफले नै ल्यायो । विशेषगरी महिला लक्षित बीमा जस्तो– स्तन क्यान्सर, पाठेघरको क्यान्सरलाई मात्र कभर गर्ने विशेष प्रडक्ट पनि पहिलोपटक ल्यायो । यसमा अन्तर्राष्ट्रिय अवार्ड जित्न मेटलाइफ सफल पनि बन्यो । कष्टुमरहरुलाई अफिसमै आएर पेमेण्ट गर्न नपर्ने गरी इलेक्ट्रोनिक पेमेण्टको पनि सुरुवात ग¥यो । डिजिटल्ली इनेबल फिल फोर्स विकास गर्नको लागि काइट ग्लोबल सेल्स प्लाटफर्म पनि सुरुवात गर्यो । यस्ता थुप्रै कुराहरु ल्याएर मेटलाइफले पायोनियरको रुपमा नेपालमा योगदान पुर्याएको छ ।

अहिले मेटलाइफको २ हजार करोडभन्दा बढीको पुँजी अण्डर म्यानेजमेण्ट स्टाब्लिस्ड भएको छ । तालिम र जनशक्तिको विकास हेर्ने हो भने ४० हजारभन्दा बढीलाई फिल्ड वा अफिसमा मेटलाइफले तालिम दिइसकेको छ । फिल्डमा करिअर विकासको अफिसकै स्टाफहरु ५० भन्दा बढीलाई फेलोसिप इन लाइफ म्यानेजमेण्ट इष्टिच्युट (एफएलएमआई) अनि ओसियट इन लाइफ म्यानेजमेण्ट इष्टिच्युट तालिम दिएको छ । यो कम्पनीले मात्र योगदान प्राप्त गरेको होइन कि यो सम्पूर्ण इण्डष्ट्रीमा नै विकास भएको प्रतिभाहरु छरिएर रहनुभएको छ । क्लेमको हिसाब गर्दा अहिलेसम्म २५० करोडभन्दा बढी पेमेण्ट भइसकेको छ । मेटलाइफ २००१ देखि प्रवेश गरेर २०२२ सम्म हेर्दा थुप्रै योगदान राज्य, समुदाय, कष्टुमर, असोसिएटसमेतलाई गरेको पाउँछु । मेटलाइफको उद्देश्य ‘सदैव तपाईंसँग सुनिश्चित भविष्य निर्माण गर्दै’ हाम्रो कष्टुमर, कम्युनिटी, असोसिएट र सम्पूर्ण स्टेक होल्डरहरुका लागि हो ।

Advertisement

मेटलाइफको उद्देश्य वन टाइम ग्रोथभन्दा पनि दिगो रुपमा बजार वृद्धि हुनुपर्छ भन्ने मान्यता हो । जुन तरिकाले बजार विस्तार भइरहेको छ, मेटलाइफ पनि दिगोरुपमा आफ्नो वृद्धिलाई लिएर अगाडि बढिरहेको छ ।

कम्पनीको बजार हिस्सा अहिले कस्तो छ ? बढाउन कस्ता रणनीतिसहित अघि बढिरहनुभएको छ ?

हामी जे कार्य गर्छौं, ग्राकहरुलाई केन्द्रमा राखेर गर्छाैं । बजार राम्रोसँग वृद्धि भइरहेको छ । गएको पाँच वर्षलाई हेर्ने हो भने ३० प्रतिशतको रेञ्जमा हाम्रो बजार बढिरहेको छ । मेटलाइफको उद्देश्य वन टाइम ग्रोथभन्दा पनि दिगो रुपमा बजार वृद्धि हुनुपर्छ भन्ने मान्यता हो । जुन तरिकाले बजार विस्तार भइरहेको छ, मेटलाइफ पनि दिगोरुपमा आफ्नो वृद्धिलाई लिएर अगाडि बढिरहेको छ ।

मेटलाइफका कस्ता प्रडक्टमा मानिसको बढी रुचि पाउनुभयो ?

मानिसहरुमा बीमा भन्नेबित्तिक्कै सबैको लागि एउटै बीमा पोलिसी राम्रो हुन्छ भन्ने भ्रम छ । मेटलाइफले बीमा समाधान सेल गर्छ । त्यसकारण हाम्रो एउटै प्रडक्टमात्र उत्कृष्ट छ भन्नुभन्दा मेटलाइफले जीवन बीमा, दुर्घटना बीमा, स्वास्थ बीमा, कर्जा बीमा, कम्पनीहरुका इम्प्लोइहरुको बीमा प्रदान गर्दछ । फराकिलो दायरामा मेटलाइफले आफ्ना प्रडक्ट समाधानको रुपमा दिइरहेको हुन्छ । सरसर्ती हेर्दा धेरै बाँच्नु पनि र छिटो मृत्यु हुनु, दुर्घटना हुनु र दीर्घ रोग लाग्नु, इम्प्लोइहरुलाई रिटेन गर्न नसक्नु, कर्जा हुँदाहुँदै मृत्यु हुनु यी सम्पूर्ण समस्याहरु हुन् । मेटलाइफले यी समस्याहरुको समाधान बिक्री गर्छ । विभिन्न प्रकारका आआफ्नै प्रकारका समस्या हुन्छन् । त्यही प्रकारको समाधान मेटलाइफले बिक्री गर्छ । त्यसकारण कुनै एउटा विशेष प्रडक्ट यसले राम्रो गरिरहेको छ भन्ने छैन । मेटलाइफको एजुकेसन प्रोटेक्सन प्लान, डिपोजिट प्रोटेक्सन प्लान, क्रेडिट लाइफ, याक्सिडेण्टल इन्स्योरेन्स, लाइफ स्योर, लाइफ सिल्कको इनहस्पिटलाइजेसन, क्रिटिकल इलनेसजस्ता प्रडक्टहरु छन् । त्यसकारण मानिसहरुको समस्या अनुसारको समाधान दिने प्रडक्ट मेटलाइफमा छ । फरक चरण र फरक समस्यामा समाधान दिने प्रडक्ट हामीसँग छ ।

हामी कुनै पनि व्यक्तिको आवश्यकताको आधारमा समाधान बिक्री गर्छौं । हामीले हाम्रो सम्पूर्ण टिमलाई यस प्रकार विकास गर्न तालिममा फोकस गरिरहेका छौँ ।

मेटलाइफले प्रडक्ट डिजाइन कसरी गर्छ ?

मेटलाइफ प्रडक्ट डिजाइनको सामान्य उदाहरण लाइफ केयर हो, जसको माध्यमबाट हामीले अन्तर्राष्ट्रिय अवार्डसमेत हात पा¥यौं । त्यो प्रडक्ट डिजाइन गर्दा हामीले हाम्रा थुप्रै स्टेक होल्डर्सहरुलाई सोधपुछ गर्यौं । अहिलेको समयमा हाम्रो समस्या र आवश्यकता के हो भन्ने प्रश्नमा धेरैको उत्तर क्यान्सर भन्ने आयो । जुन भयावहरुपमा बढिरहेको छ । हार्ट अट्याक, मृगौला फेललगायत घातक रोगको समस्या व्यक्त गर्नुभयो । हामी फिल्ड फोर्सका साथीहरु, ग्राहकहरुलाई पनि सोध्छौँ । अहिले बजारमा समेत रिसर्च सुरु गरेका छौँ । हामी सर्टेन थर्ड पार्टीबाट पनि रिसर्च गराउँछौँ । सोधेको प्रश्नको उत्तरमा जति पनि समसामयिक उत्तरहरु आउँछन्, त्यसबाट समाधान खोजेर हामीले लाइफ केयर ल्याएका हौँ । ‘लाइफ केयर व्युटीफुल’ महिलाहरुको समस्यालाई लिएर आयो । महिलाहरुको लागि मात्र विशेष गरेर ल्याएको उक्त प्रडक्टबाट अवार्ड पाउन हामी सफल भएका हौँ । हाम्रो रिसर्च बेसमा अन्य एक–दुईवटा प्रडक्टहरु पनि आउँदैछन् । यो सबै समाधानका लागि आउने हो । त्यसकारण हामी प्रडक्टलाई समाधानको रुपमा लिन्छौँ । हामी कुनै पनि व्यक्तिको आवश्यकताको आधारमा समाधान बिक्री गर्छौं । हामीले हाम्रो सम्पूर्ण टिमलाई यस प्रकार विकास गर्न तालिममा फोकस गरिरहेका छौँ । उहाँहरु क्रमिकरुपमा डिभलप हुँदै जानुभएको छ ।

यहाँ जीवन बीमक सङ्घको अध्यक्ष हुनुहुन्छ । अहिले जीवन बीमा क्षेत्रका पनि मागभन्दा धेरै आपूर्ति हुँदा अस्वस्थ प्रतिस्पर्धा देखिन्छ । यसको न्यूनीकरण कसरी गर्न सकिएला ?

अहिले १९ वटा बीमा कम्पनीहरु बजारमा छन् । कष्टुमरहरुलाई कुन कम्पनी रोज्ने भनेर विकल्पहरु बढेको छ । पहिले दसमध्ये एउटामा बीमा गर्नुपथ्र्यो भने अहिले १९ वटा कम्पनी छ । १९ कम्पनीले फरक किसिमका प्रडक्ट ल्याएका हुन्छन् । के चाहिएको छ कष्टुमरहरुलाई रोज्न सुविधा छ । तर, नेपालको बजारमा १९ वटा बीमा कम्पनी आवश्यक छन् त ? छिमेकी मुलुक भारतमा जम्मा २४ वटा जीवन बीमा कम्पनीहरु छन् । जबकि ३ करोड जनसङ्ख्या पनि नभएको हाम्रो मुलुकमा १९ वटा कम्पनी छन् । नेपालमा पन्ध्रदेखि सोह्र लाख जनसङ्ख्याको बीचमा एउटा बीमा कम्पनी पर्छ । भारतमा पाँचदेखि ६ करोड जनसङ्ख्याको बीचमा एउटा बीमा कम्पनी पर्छ । त्यसले गर्दा बजारलाई एउटै कम्पनीले बढीभन्दा बढी पेनिट्रेट गर्नुपर्ने हुन जान्छ । जीवन बीमक सङ्घको हिसाबले आज जति पनि १९ वटा कम्पनी हाक्ने व्यक्तित्वहरु हुनुहुन्छ, उहाँको टिम छ । उहाँहरुलाई आफ्नो टिमलाई, बजारलाई व्यावसायिक र स्वस्थ कसरी बनाउने भन्ने चिन्ता छ । उहाँहरुको कमिटमेण्ट पनि सधैँ त्यही आइरहेको देख्छु । त्यसले भविष्यमा यसलाई सुधार गरेर लैजानेमा म ढुक्क छु । नेपालमा स्वस्थ बजार सिर्जना हुन्छ भन्ने मेरो विश्वास छ ।

कतिपय फोर्सफुल्ली बीमा हुँदा सरेण्डर रेसियो बढिरहेको छ । यसलाई कसरी नियन्त्रण गर्न सकिएला ?

सबैभन्दा महत्वपूर्ण कुरा भनेको आवश्यकतामा आधारित बिक्री हो । कुनै पनि बीमा कम्पनीले मानिसहरुको समस्याको समाधान दिन सक्नुपर्छ । हामीले आवश्यकतामा आधारित विश्लेषण गर्छौं । जसलाई जस्तो किसिमको बीमाको आवश्यकता छ, जसको जति प्रिमियम तिर्न सक्ने क्षमता छ, त्यही किसिमको प्रडक्ट वा समाधान अफर गरेको खण्डमा ग्राहकहरुलाई सरल हुन्छ र लामो समयसम्म बीमालाई निरन्तरता दिन सक्छ । उदाहरणका लागि, मसँग एक वर्षमा एक लाखको प्रिमियम तिर्न सक्ने क्षमता छ भने कसैले मलाई दस लाखको बीमा गरिदियो भने अर्को वर्ष कि मैले दस लाख तिरेर प्रिमियम तिर्न सक्नुपर्यो, नभए त्यो एक लाख गए पनि जाओस् भनेर छाड्नुप¥यो । त्यसले गर्दा सरेण्डर हुने, ल्याप्सेस हुने सम्भावना बढी हुन्छ । आवश्यकतामा आधारित हुँदा बीमा नहुँदा त्यस्तो हुन्छ । तर, जब उचित व्यक्तिलाई उचित समाधान दिइन्छ, त्यस्ता ग्राहकले बीमालाई निरन्तरता दिन सक्छन् । जसले गर्दा ग्राहक, कम्पनी, फिल्ड रिप्रिजेन्टेटिभ सबै विजेता हुन्छन् । यसले सम्पूर्ण उद्योगलाई विजेताको रुपमा स्थापित गर्छ । त्यसकारण बीमा बिक्री आवश्यकतामा आधारिता हुनुपर्छ ।

बीमा समिति जोखिममा आधारित पुँजी कार्यान्वयन गर्ने दिशामा अघि बढेको छ । यो कत्तिको आवश्यक छ ?

जोखिममा आधारित पुँजी अन्तर्राष्ट्रिय जगतमै पुँजी निर्धारणको निम्ति सफल भएर आएको संयन्त्र हो । कुनै पनि उद्योग, व्यवसायका लागि आवश्यकताभन्दा बढी वा कम पुँजी राम्रो होइन । त्यसले क्षमतामा असर गर्छ । पुँजी जति छ, त्यसबाट आउनुपर्ने रिर्टनमा असर गर्छ । बढी नाफा आर्जन गर्न कम्पनीलाई बढी प्रेसर जेनेरट गर्न सक्छ । थुप्रै कुराले असर गर्छ । त्यस्तै, कम पुँजीले जहिले पनि जोखिम बहन गरिरहेको हुन्छ । पर्याप्त पुँजीबिना धान्न नसक्ने व्यवसाय गर्यो भने कम्पनीको दिगोपन, समाधान के हुन्छ भन्ने प्रश्न आउँछ । त्यसकारण जोखिममा आधारित पुँजीको सिद्धान्त नेपालमा पनि आउनु राम्रो कुरा हो । यसले दक्षता बढाउँछ ।

जोखिममा आधारित पुँजीले जति जोखिम लिएको छ, त्योअनुसार पुँजी राख है भनेर इङ्गित गर्छ । त्यसकारण यो वैज्ञानिक र व्यावसायिक संयन्त्र हो । त्यो आउन जरुरी छ । हाम्रो उद्योगलाई यसले धेरै सहयोग गर्छ । तर, सँगसँगै जोखिममा आधारित पुँजीमा रुपान्तरण हुँदै जाँदा हामीसँग पर्याप्त विशेषज्ञता छ त ? त्यसकारण यो विशेषज्ञता तयार गर्न जरुरी छ ।

अहिले १९ वटा बीमा कम्पनीमा २ सय करोडको पुँजी छ, जुन फिक्सड छ । धेरैभन्दा धेरै व्यवसाय गर्नेका लागि पनि २ सय करोड, भर्खरै सुरुवात गर्दै गरेको कम्पनीलाई पनि त्यही २ सय करोड । उच्च र कम जोखिम बहन गर्नेलाई पनि २ सय करोड । जोखिममा आधारित पुँजीले जति जोखिम लिएको छ, त्योअनुसार पुँजी राख है भनेर इङ्गित गर्छ । त्यसकारण यो वैज्ञानिक र व्यावसायिक संयन्त्र हो । त्यो आउन जरुरी छ । हाम्रो उद्योगलाई यसले धेरै सहयोग गर्छ । तर, सँगसँगै जोखिममा आधारित पुँजीमा रुपान्तरण हुँदै जाँदा हामीसँग पर्याप्त विशेषज्ञता छ त ? त्यसकारण यो विशेषज्ञता तयार गर्न जरुरी छ । यतातिर हाम्रो नियामकीय निकायले पनि ध्यान दिनुभएको होला भन्ने लाग्छ । त्यसले गर्दा केही समय दिनुभएको छ । अहिले ग्यापको विश्लेषण गर । केही समयपछि सुरु गर । त्यसपछि प्राक्टिस गर्दै जाऊ । पर्फेक्ट भएपछि पूर्णरुपमा लागु गर्नुपर्छ भन्ने रणनीतिक हिसाबले आउनुभएको छ । यो एकदम राम्रो छ । तर, यसका लागि याक्चुरियलहरुको संलग्नता धेरै चाहिन्छ । नेपालमा त्यो सेवा एकदम कम छ । अर्को रिष्क च्याम्पियनहरु चाहिन्छ । हरेक कम्पनीहरुमा विश्लेषण गर्न रिष्क च्याम्पियनहरु हुन्छन् । पिरियडिक बेसिसमा त्यो रिष्कलाई विश्लेषण गर्नुपर्छ । त्यो विकास गर्नका लागि समय चाहिन्छ । त्यसले गर्दा बजारमा क्रेडिट रिष्क, मार्केट रिष्क, लाइफ इन्स्योरेन्सको रिष्क, अपरेसनल रिष्क क्याल्कुलेसन गर्नुपर्ने हुन्छ । त्यसपछि बल्ल पुँजी निर्धारण हुने भएको हुनाले यसलाई विशेषज्ञताको विकास गर्न जरुरी छ । यसमा उहाँहरुको अन्तर्राष्ट्रिय स्तरको जति पनि अनुभव छ, त्यसलाई पनि लिएर हामीले सिक्नुपर्ने हुन सक्छ । लोकल्ली जे–जति पनि गर्नु पर्नेछ, बीमा समितिका अध्यक्षलगायत सम्पूर्णले त्यो विषयमा ध्यान दिएर अगाडि बढ्नुहुन्छ भन्ने हाम्रो आशा छ ।

बीमा भनेको मरेर जानेहरुका लागि होइन, जिउँदाका लागि हो । त्यसकारण मेटलाइफमा जिउँदोमा हुने फाइदाहरु धेरै छन् ।

समयमा वित्तीय विवरण तयार नपार्ने कम्पनीलाई समितिले कारबाही पनि थालेको छ । समयमा वित्तीय विवरण तयार पार्न के समस्या छ ?

यो चर्चामा आएको विषय नै हो । यसमा निश्चित पिरियड अफ टाइममा अलिकति ग्यापहरु छन् । हरेक तीन वर्षमा एकचोटी याक्चुरल भ्यालुयसन गर्नुपर्ने भन्ने थियो । त्यसपछि क्रमिकरुपमा हरेक वर्ष याक्चुरल भ्यालुयसन गराउनुपर्छ भन्ने प्रावधान आयो, जुन फाइनान्सियल तयार गर्नुपर्ने सेड्युल छँदैछ । मेटलाइफको सन्दर्भमा हामीले सधैँ समयमै बुझाएर अप्रुभल लिँदै आएका छौँ । तर, समग्र उद्योगको कुरा गर्दा एक वर्ष जतिको ग्याप छ, त्यो ग्यापले पहिलेको अप्रुभल नआई नयाँ फाइनान्सको ओपनिङ व्यालेन्स राख्न गाह्रो हुन्छ । फेरि पहिलेको फाइनान्स नै ग्याप छ । त्यसकारण जुन ग्याप छ, त्यसलाई कसरी सम्बोधन गर्ने त्यसमा बीमा समितिलगायत उद्योग नै बसेर याक्सनप्लान बनाएर जानुपर्छ, जसले गर्दा यो वर्षदेखि हरेक वर्ष समय सीमाभित्रै पूरा गर्न सकौँ । यसमा सहयोग एकदमै जरुरी छ । कम्पनीले पनि फाइनान्सियल बनाएर बुझाउनुहुन्छ । त्यो प्रारम्भिक हुन्छ । त्यो समितिमा जान्छ । त्यसको समयमा अपु्रभल पनि आउनुपर्यो । त्यस्तै, याक्चुरल भ्यालुएसन हुन्छ । त्यसका लागि नेपालमा विशेषज्ञ छैन, भारत पठाउनुपर्छ । त्यसकारण बीमा समितिको तर्फबाट पनि समयमा अप्रुभल आउन जरुरी छ । उद्योगको तर्फबाट पनि समयमै बुझाउन जरुरी छ । नियामकीय निकाय, उद्योगले आफ्नो समयलाई राम्रोसँग मेण्टेन गर्ने हो भने यसमा समस्या छैन ।

बीमालाई लगानी, बचतको रुपमा लिने प्रचलन छ । तर, बीमा भनेको संरक्षण हो । त्यसलाई रिजनेबल मूल्यमा लिन सकिन्छ । साँच्चै नै बीमा चाहिएको हो भने कम मूल्यमा टर्म लाइफ लिएर आफ्नो संरक्षण लिन सकिन्छ ।

अहिलेको तरलता अभावले जीवन बीमा क्षेत्रलाई कत्तिको प्रभाव पारेको छ ?

बीमा क्षेत्रमा मात्र नभई त्यसले सम्पूर्ण आर्थिक जगत्लाई नै प्रभाव पारेको छ । रियल स्टेट, ट्रान्सपोर्टेसन, ट्रेडिङ बिजनेस जहाँसुकै तरलताले केही न केही प्रभाव पारेकै हुन्छ । जीवन बीमा कम्पनी पनि वित्तीय क्षेत्रको एउटा पार्ट भएको हुनाले यसलाई त प्रभाव पार्ने नै भयो । तरलता अभावले बीमा कम्पनीहरुले मुद्दती निक्षेपको रुपमा राख्ने जति पनि फण्ड छ, त्यसबाट अलि बढी रिर्टन पाउन सक्नुहुन्छ होला । तर, ग्राहकहरुको साइडबाट हेर्दा जब तरलता अभाव हुन्छ, बजारमा डिस्पोजेबल फण्ड, इनकम कम भएर जान्छ । त्यसले गर्दा ग्राहकहरुलाई प्रिमियम बुझाउन गाह्रो हुन्छ । त्यही तिरेकै प्रिमियमबाट सरेण्डर गर्ने, कर्जा लिनेजस्ता क्रियाकलापहरु बढेर जान्छन् । त्यसकारण बीमा उद्योगमा पनि त्यसले प्रभाव पार्छ । बीमालाई लगानी, बचतको रुपमा लिने प्रचलन छ । तर, बीमा भनेको संरक्षण हो । त्यसलाई रिजनेबल मूल्यमा लिन सकिन्छ । साँच्चै नै बीमा चाहिएको हो भने कम मूल्यमा टर्म लाइफ लिएर आफ्नो संरक्षण लिन सकिन्छ । त्यसकारण ग्राहकहरुका लागि यो उचित समय हो । बीमाको काम बीमा नै हो भन्ने उहाँहरुले बुझ्न जरुरी छ । रिजनेबल वेमा बीमा किन्ने हो भने तरलताले खासै असर पार्दैन । बीमा व्यवसाय अझ वृद्धि हुन सक्छ । ग्राहकहरुले कम मूल्यमा बीमा प्राप्त गरेर संरक्षण लिन सक्नुहुन्छ । उचित समयमा उचित निर्णय लिएर अगाडि बढ्न सक्यो भने यसको समाधान निस्किन सक्छ ।

मेटलाइफले निरन्तररुपमा डिजिटाइजेसनमा आफ्नो लगानी वृद्धि गरिरहन्छ ताकि हाम्रा फिल्डका साथीहरुले प्राविधिकरुपमा सक्षम भएर बजारमा बिक्री गर्न सकून् । हाम्रो अगाडि नै त्यो प्लाटफर्म तयार छ । अहिले हाम्रा साथीहरुले मोबाइलबाटै पोलिसी बिक्री गर्नुहुन्छ । अहिले डिजिटल हाइब्रिडका कुराहरु आइरहेका छन् । फुल्ली डिजिटल्ली क्यापेबल प्रोसेसमा हामीहरु जाँदैछौँ ।

मेटलाइफका आगामी योजना के–के छन् ?

पहिलो हामी अझै पनि रिसर्च बेस्ड प्रडक्टहरु ल्याउन काम गर्दैछौँ । निश्चित समयावधिमै हाम्रा नयाँ प्रडक्टहरु आउँछन् । हामी प्रडक्ट भनेर त्यत्तिकै प्रडक्ट ल्याएर बेच्दैनौँ । ग्राहकहरुलाई जे समाधान चाहिएको छ, त्यस्ता प्रडक्टहरु लिएर आउँछौँ ।

दोस्रो अहिलेको युग भनेको डिजिटाइजेसनको हो । त्यसका लागि हामीले थुप्रै योजना बनाएका छौँ । मेटलाइफले निरन्तररुपमा डिजिटाइजेसनमा आफ्नो लगानी वृद्धि गरिरहन्छ ताकि हाम्रा फिल्डका साथीहरुले प्राविधिकरुपमा सक्षम भएर बजारमा बिक्री गर्न सकून् । हाम्रो अगाडि नै त्यो प्लाटफर्म तयार छ । अहिले हाम्रा साथीहरुले मोबाइलबाटै पोलिसी बिक्री गर्नुहुन्छ । अहिले डिजिटल हाइब्रिडका कुराहरु आइरहेका छन् । फुल्ली डिजिटल्ली क्यापेबल प्रोसेसमा हामीहरु जाँदैछौँ । त्यसकारण डिजिटाइजेसन हाम्रो अर्को प्रायोरिटी हो ।

आज ग्राहकहरुलाई बीमासम्बन्धी सेवा र सुविधालाई थप सजिलोसँग पहुँच बढाउन र आफ्नो बीमा पोलिसी व्यवस्थापन गर्न ग्राहक सेवा एप हामीसँग छ । यो ग्राहक सेवा एपले ग्राहकहरुलाई घरमै बसी मोबाइलमार्फत् मेटलाइफको विभिन्न सेवाहरुमा पहुँच सहज बनाएको छ ।

तेस्रोमा जागरुकता जुन एकदमै महत्वपूर्ण छ । बीमामा धेरै भ्रमहरु पनि छन् । बीमा गर्ने बित्तिक्कै त्यसको दोब्बर आउँछ भन्ने भ्रम छ । कुनै पनि बीमा कम्पनीले दोब्बर दिने भन्ने हुँदैन । त्यसलाई चिर्न जरुरी छ । अर्को मृत्युपछि पाएर के काम भन्ने सुनिन्छ । बीमा भनेको मरेर जानेहरुका लागि होइन, जिउँदाका लागि हो । त्यसकारण मेटलाइफमा जिउँदोमा हुने फाइदाहरु धेरै छन् । हामीले बीमा क्षेत्रमा रहेका भ्रमहरु चिर्न बीमा समिति, बीमा कम्पनीहरुसँग मिलेर काम गर्न सक्छौँ । समयबोध म्यागेजिन, फागुन २०७८ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री