आज पनि बढ्यो सुनको मुल्य

आज पनि सुनको मुल्य बढेको छ ।

Advertisement

सोमबार सुनको मुल्य १ हजार १०० रुपैयाँ बढेर १ लाख ३ हजार पुगेको छ। यो हालसम्मको उच्च मूल्यभन्दा ५०० रुपैयाँ मात्र कम हो। छापावाल सुनको मूल्य २०७७ साउन २३ गते हालसम्मकै उच्च अर्थात १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको थियो।

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपालमा पनि बढ्न पुगेको हो। सोमबार तेजाबी सुनको मूल्य भने १ लाख २ हजार ५०० रुपैयाँ कायम गरिएको छ।

यस दिन सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन १ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन प्रतितोला १० रुपैयाँ बढेर १ हजार ४२५ रुपैयाँ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री