शुक्रबार, १४ वैशाख २०८१

प्रभु बैंकको ४० प्रतिशत हकप्रदमा आवेदन दिनुभयो ?

समयपोष्ट २०७४ फागुन २३ गते ५:५०

प्रभु बैंकको ४० प्रतिशत हकप्रद सेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ ।

Advertisement

प्रभु बैंकले गत माघ ७ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँ अंकित मुल्यका दरले २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । यसअघि फागुन १३ गतेसम्म हकप्रदमा आवेदन गर्ने अन्तिम म्याद तोकिएको भएपनि १० दिन म्याद थप फागुन २३ पुर्याएको थियो ।

बैंकको सेयरमा पुस २० गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।
बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । शेयरधनीहरुले विक्री प्रबन्धकका साथमा प्रभु बैंकका सम्पूर्ण शाखा कार्यालय र आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

हाल बैंकको चुक्तापूँजी ५ अर्ब ८८ करोड १४ लाख रुपैयाँ छ । हकप्रद निष्कासन तथा बाँडफाँट पश्चात बैंकको चुक्तापूँजी ८ अर्ब २३ करोड ३९ लाख पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री