राष्ट्रपति निर्वाचनमा बाम गठबन्धनसंग भिड्ने काँग्रेसको यस्तो छ तयारी
समयपोष्ट
२०७४ फागुन २२ गते ६:२६
राष्ट्रपति निर्वाचनमा नेपाली काँग्रेसले उम्मेदवारी दिने भएको छ । मंगलबार बेलुका बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवारबारे टुङगो लगाउने बताईएको छ ।
बाम गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार छनोट भएपछि काँग्रेसले आफ्नो उम्मेदवार सार्वजनिक गर्ने बताईएको छ । काँग्रेसले राष्ट्रपति निर्वाचनमा भाग लिने निश्चित भएपनि उम्मेदवारको टुंगो भने लागिसकेको छैन ।
गठबन्धनले कुनै पुरुष उम्मेदवार बनाए नेता मान बहादुर विश्वकर्मालाई उठाउने लगभग निश्चित छ तर वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई नै उम्मेदवार बनाए काँग्रेसले पनि महिलालाई नै अघि सार्ने बताईएको छ ।
प्रतिक्रिया