शुक्रबार, १६ चैत २०८०

वैशाख १ गतेदेखि हरियो स्टिकर नलगाएका गाडी निषेध गरिने

समयपोष्ट २०७४ फागुन २२ गते ६:०८

सरकारले वैशाख १ गतेदेखि महानगरपालिका र उप–महानगरपालिकामा हरियो स्टिकर नलगाएका गाडीलाई प्रवेश निषेध गर्ने भएको छ ।

Advertisement

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले वैशाख १ गतेदेखि महानगरपालिका र उप–महानगरपालिकामा हरियो स्टिकर नलगाएका गाडीलाई आवतजावतमा रोक लगाउँने बताएका हुन् ।

साक्षात्कारमा उनले सवारी साधनमा किनेर वा गलत तरिकाले हरियो स्टिकर लिएर प्रयोग गरेको पाइए त्यस्तो स्टिकर दिने कर्मचारी र गाडी मालिकलाई समेत कारबाही गरिने चेतावनी दिए ।

‘कतिपय उद्योग, जसले धुवाँ फालेका छन, तिनलाई धुवाँ धुलो नियन्त्रण गर्ने व्यवस्था गर्न निर्देशन दिइएको छ’–उनले भने ।

त्यसैगरी प्लाष्टिकका झोला उत्पादन र आयातमा रोक लगाइने पण्डितले बताए ।
माटोमा कुहिने खालका प्लाष्टिक मात्रै प्रयोग गर्न दिईने उनको भनाई छ ।

एक वर्षभित्र देशका प्रमुख शहरमा धुवाँ धुलोकै कारण माक्स लगाउनुपर्ने अवस्थाको अन्त्य गर्नै उनको दाबी छ ।

काठमाण्डौमा धनी, बुद्धीमानी मानिस बसेपनि प्रदुषण भने बढाएको आरोप लगाउँदै पण्डितले भने,‘राम्रा, शिक्षित, धनी सबै काठमाण्डौमा बस्छन्, तर देखेर सिकेर पनि परिवर्तन हुन सकेन । स्वस्थ नबनेर जीवन घटाइरहेका छन्”–पण्डितले भने ।

मन्त्री पण्डितले देशभरिका प्रमुख शहरहरुको प्रदुषण हटाउनका लागि आफू लागिपरेको बताए ।

मन्त्री पण्डितले धेरै वर्ष लागेर बिग्रिएको काठमाण्डौंको वातावरण एकै रातमा ठीक पार्न नसकिने भन्दै देशभरिका प्रमुख शहरहरुमा एक वर्षभित्रमा माक्स लगाउन नपर्ने गरी काम सुरु गरेको विश्वास दिलाए ।

धुलो नियन्त्रणका लागि अन्य विकास निर्माणका काम गरिरहेका निकायसँग समन्वय गर्दै दिनमा चारपटक पानी हालेर धुलो मार्ने काम सुरु भइसकेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री