आरम्भको साधारण सेयरमा आवेदन दिनुभयो ?
समयपोष्ट
२०७४ फागुन २१ गते ६:४४
आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले फागुन १५ गतेदेखि जारी गरेको साधारण सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन १५ गतेदेखि १०० रुपैयाँ अंकित दरको दुई करोड ९४ लाख रुपैयाँ बराबरको २ लाख ९४ हजार कित्ता साधारण सेयर जारी गरेको थियो ।
साधारण सेयरमा न्यूनतम ५० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न सकिने बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जनाएको छ ।
कम्पनीले निष्कासन गरेको २ लाख ९४ हजार कित्ता सेयरमध्ये ८ हजार ८२० कित्ता सेयर कर्मचारी र १४ हजार ७०० कित्ता म्युचुअल फन्डलाई छुट्याएर बाँकी २ लाख ७० हजार ४८० कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो ।
लगानीकर्ताले आस्वा सेवा प्रदायक बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया