आइतबार, २२ असार २०८२

देउवा र सिंह भिड्दै,को बन्ला कांग्रेस संसदीय दलको नेता ?

समयपोष्ट २०७४ फागुन २१ गते २:०१

कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले उम्मेदवारी दर्ता गराएका छन्।

Advertisement

आजको अन्नपुर्ण पोष्टमा खबर छ ,सिंहदरबारस्थित संसदीय दलको कार्यालयले प्रकाशन गरेको निर्वाचन कार्यतालिकाअनुसार अपराह्न ६ देखि ७ बजेसम्म देउवा र सिंहले मात्र दलको नेतामा नाम दर्ता गराएका हुन्।

सोमबार १० देखि १ बजेसम्म मतदान हुने र मतदान सकिएलगत्तै मतगणना गरिने निर्वाचन समितिले जनाएको छ।

देउवाले कांग्रेस नेता बालकृष्ण खाँणलाई उम्मेदवारी दर्ताका लागि वारेसनामा दिएका थिए। उनको उम्मेदवारीको प्रस्तावक विजयकुमार गच्छदार र समर्थक मानबहादुर विश्वकर्मा छन्। छोरा जयवीरसिंह देउवाको व्रतबन्धमा दिनभर व्यस्त रहेकाले देउवाले वारेसनामामार्फत उम्मेदवारी दिएका हुन्।

अर्का प्रत्याशी सिंहले भने आफैँ संसदीय दलको कार्यालय सिंहदरबार गएर उम्मेदवारी दर्ता गराएका हुन्। सिंहको प्रस्तावक पार्टी कोषाध्यक्ष सीतादेवी यादव र समर्थक पूर्वमन्त्री सञ्जयकुमार गौतम छन्।

Advertisement

सभापति देउवाले आफूलाई सर्वसम्मत गराउन कसरत गरिरहेका छन्। उनले आफ्ना प्रत्याशी सिंहलाई पार्टीको महत्वपूर्ण जिम्मेवारी दिनेसम्मका प्रस्ताव पठाएको स्रोत बताउँछ। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने आफ्नो पक्षको भूमिकालाई निरन्तरता दिन सिंहको उम्मेदवारीमा कुनै प्रकारको सम्झौता नगर्ने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री