शनिबार, ८ वैशाख २०८१

प्रतिनिधि सभा सदस्यको सपथ ग्रहण सकियो

समयपोष्ट २०७४ फागुन २० गते ११:३१

प्रतिनिधि सभाका सदस्यले पद तथा गोपनियताको सपथ लिएका छन्। बानेश्वरस्थित अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रको भवनमा जेष्ठ सदस्य महन्थ ठाकुरले सदस्यहरूलाई सपथ खुवाएका हुन्।

Advertisement

प्रतिनिधि सभामा प्रत्यक्षतर्फबाट १६५ जना र समानुपातिकबाट ११० जना सांसद निर्वाचित भएर आएका छन् ।

प्रतिनिधि सभाको चुनाव भएको ३ महिनापछि सांसदले सपथ लिएका हुन्। आजै केहीबेरमा राष्ट्रिय सभाका ५६ जनाले पनि सपथ लिँदैछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री