बिहीबार, २६ असार २०८२

अर्थमन्त्रीको अभिब्यक्तिले शेयर बजारमा पहिरो , बजार एक वर्षयताकै कमजोर अवस्थामा

समयपोष्ट २०७४ फागुन २० गते १०:२९

आईतबार १ सय ५१ कम्पनीका १३ लाख कित्ता सेयर ४८ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ ।
यसदिन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सेयर सबैभन्दा बढी किनबेच भएको छ । आज नेप्से परिसुचक ४१.५६ अंकले घटेर १३०४.४३ अंकमा झरेको छ ।

Advertisement

आज उपसुचकहरु सबै राताम्मे भएका छन् । आज सूर्योदय र स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा धेरै कमाएका छन् । सूर्योदयको शेयर ३.३९ प्रतिशतले बढ्यो भने स्वदेशी लघुवित्तको शेयर मूल्य १.८६ प्रतिशतले बढेको छ।

सबैभन्दा धेरै अर्थात १० प्रतिशतले हिमालयन डिष्टिलरीको शेयर मूल्य घटेको छ।

केही दिन अघि एक अन्तर्वार्ताका क्रममा अर्थमन्त्री डा युवराज खतिवडाले विदेशी पुँजी भित्र्याएर तरलता समस्या समाधान गर्ने तर यो पुँजीलाई शेयर बजारमा लगानी गर्न नदिने बताएपछि त्यसको प्रभाव आइतबारको शेयर बजारमा देखिएको विश्लेषण गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री