नविल बैंकको आर्थिक सहयोगमा विद्यालय भवन
समयपोष्ट
२०७४ फागुन १९ गते ५:५८
नविल बैंकको आर्थिक सहयोगमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं. १३ स्थित फटकशिला माध्यमिक विद्यालय भवन निर्माण पछि उद्घाटन गरिएको छ ।
भूकम्पबाट प्रभावित भएको उक्त विद्यालयको भवन निर्माणका लागि बैंकका कर्मचारीहरुले गरेको ४ लाख १ हजार ७ सय ८३ सहयोग गरेका थिए ।
उक्त सहयोग मार्फत निर्माण गरिएको २ कोठे भवनको बैंकका संचालक तथा नबिल फाउण्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवाल, बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, संचालक रमेश प्रसाद लोहनीको उपस्थितिमा उद्घाटन गरिएको हो ।
त्यस्तै नव निर्मित भवनका कक्षा कोठाहरुको व्यवस्थापन तथा संचालनका लागि नबिल बैंकद्वारा प्रवद्र्घित नबिल फाउण्डेसनले विद्यालय व्यवस्थापन समितिलाई रु २ लाख २६ हजार ५०० रकम बराबरको थप सहयोग प्रदान गरेको छ ।
प्रतिक्रिया