अलि जाफरमाथिको यौन उत्पीडनको आरोप, अदालतले सुनायो यस्तो फैसला
समयपोष्ट
२०७७ चैत २ गते १०:३४
गायिका तथा नायिका मिशा शफीलाई तीन वर्षको जेल सजाय भएको छ ।
अदालतले पाकिस्तानी गायक अली जाफरमाथि लगाएको यौन उत्पीडनको आरोप खारेज गर्दै उनलाई जेल सजाए सुनाएको हो । मिशा शफीले मिटू अभियानको क्रममा अली जफरविरुद्ध मोर्चा खोलिदिइन् र उनीमाथि यौन उत्पीडनको आरोप लगाएकी थिईन् । अलीले आफूलाई उनको घरको रेकर्डिङ स्टुडियोमा गलत व्यवहार गरेको आरोप लगाएकी थिइन् । तर अलीले नायिकाको उक्त आरोप पूर्ण रुपमा अस्विकार गरेका थिए ।
अलीले मिशासमक्ष क्षतिपूर्तिका लागि भुक्तानी गर्नुपर्ने माग गर्दै मानहानीको मुद्दा हालेका थिए । अली जफरले मिशाले लगाएको आरोपपछि आफ्नो छवि धुमिल हुनुका साथै करियरमा पनि ठूलो क्षती पुगेको आरोप लगाएका थिए ।
प्रतिक्रिया