बिहीबार, २७ वैशाख २०८१

महिलाहरुले स्टेजमै एमाले नेतालाई निर्घात कुटे, कुर्सी र जुत्ता प्रहार गर्न थालेपछि प्रहरीले जोगायो

समयपोष्ट २०७७ फागुन २५ गते १३:३९

Advertisement

१११औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका एमाले नेतालाई महिलाहरुले कुटपिट गरेका छन् ।
मोरगंको पथरीमा सोमबार आयोजित कार्यक्रममा सहभागि हुँन पुगेका एमाले नेता युवराज बाँस्कोटालाई महिलाहरुले स्टेजमै कुर्सी प्रहार गरेका हुन् । महिलाहरुले नेता बाँस्कोटा माथि जुत्ता समेत हिर्काए ।

गत पुस १४ गते नेता बाँस्कोटाका घरमा पथरी शनिश्चरे वडा नं १० का १९ वर्षीय सञ्जीव भण्डारी मृत भेटिएका थिए । सोमबारको कार्यक्रममा मृतककी आमा राधिका भण्डारीले आफ्ना कुराहरु राख्न सुरु गरेसंगै बाँस्कोटा कार्यक्रम स्थलमा पुगेका थिए । उनी पुगे लगत्तै महिलाहरुले हत्यारा भन्दै नेता बाँस्कोटामाथि जाईलागेका हुन् ।

त्यसपछि उनलाई प्रहरीले जोगाएर सुरक्षीत स्थानमा पुर्याएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री