शनिबार, १५ वैशाख २०८१

अब यसरी सोचौं

समयपोष्ट २०७७ फागुन २५ गते १२:५९

Advertisement

२०७७ फाल्गुणको तेस्रो हप्तामा अदालतले दल सम्बन्धी फैसला सुनाउन पुग्यो। यो फैसलाले निर्बाचन आयोगले गरेको कमजोरीलाइ सच्चाउन पुगेको छ । यतिनै बेला अर्थात राजनिती उच्च बिन्दुमा पुगेको समयमा नै निर्णय सुनाउनुको पछाडिको कारण आफ्नो ठाउमा होला किनकी तीन बर्ष सम्म प्यारालाइसिस बनेर बसेको मिसिल यतिनै बेला निर्णयमा पुग्नुले दालमा केही कालो छ, भन्नलाइ आधारहरु देखिन्छ्न। तर तिनवर्ष अगादी ऋषि कट्टेलले नेकपा मेरो हुनु पर्छ भनेर निर्बाचन आयोगमा निवेदन गरेका थिए । उनी अदालत पनि पुगेका थिए । त्यसबखत राजनितीले बैशमत्त बनेका प्रचण्ड र केपिजिहरुको अगाडि निर्बाचन आयोग स्वतन्त्ररुपमा उभिन सकेन, अथवा भनौं कि पावरले बिबेक र न्यायलाइ बिस्थापित गर्यो। अहिले ऋषि कट्टेलको नेकपा उनैलाई दिने निर्णय भएको छ, कुरा यो भन्दा बढी केही होइन।

अदालतको यो निर्णय पछाडि कतिपय मानिसहरुले अनेकौं अडकलबाजी र अनुमान गरि राखेका देखिन्छ्न। कसैले एमाले पुनर्जीवित भयो भनेका छ्न र फेसबुकमा चुनाबी गित पनि राखेका देखिन्छ्न। कसैले माओबादीको जन्म भएको पनि चर्चा गर्दछन। तर यथार्थ र वास्तविक कुरा यो हो कि तीन बर्ष अगाडि दुई पार्टी बिचको यकताको समयमा दुबै पार्टीको विघटनबाट नयाँ पार्टीको जन्म भएको थियो त्यो पार्टी नै नेकपा हो अथवा थियो। अब मैले जितेको र तिमिले हारेको भनी बहस गर्नु आत्मरती बाहेक केही होइन। अर्काको पार्टी बलात आकर्मण गरिएको थियो बदलिएको शन्दर्भ र परिस्थितिमा अदालतले बिबेकसङ्गत निर्णय गर्यो, कुरा यो भन्दा बढी केही होइन। अब नयाँ प्रक्रिया र नयाँ बवधिबाट अगाडि बढ्नु पर्छ, पछाडी फर्केर समस्याको समाधान हुन सक्दैन।

हसिया हथौड़ा र तारालाई बिजय वा पराजयको कारण मान्दछौ ? या रुखनै बवकास वा बवनासको कारण ठानेका छौं ! यो चिन्तन अल्पज्ञान वा जडताको अभिब्यक्ती हो।

हामीले कुनै पार्टीलाई मापन गर्ने आधार केहो ? चुनावको मतसंख्या ? अथवा पार्टीको चुनाव चिन्ह ? या पार्टीको नामको आधारमा नाप्ने गर्दछौं ? हामिले सुर्यलाइ मात्र बिजय या पराजयको मापक ठान्दछौ ? त्यसैगरी हसिया हथौड़ा र तारालाई बिजय वा पराजयको कारण मान्दछौ ? या रुखनै बवकास वा बवनासको कारण ठानेका छौं ! यो चिन्तन अल्पज्ञान वा जडताको अभिब्यक्ती हो। कुनै पार्टी अगाडि बढ्नु वा पछाडी पर्नुको मुख्यकारण त्यस पार्टीको बिचार र नेतृत्व नै हो। बाँकी सहायक र तपसिलका बिषयहरु हुन।

यतिबेला एमाले सुर्य वा माओवादी हसिया हथौड़ाको मादल बजाएर वा त्यसैलाइ मापदण्ड बनाएर राजनीतिको बैतरणी तर्न सकिन्छ भनेर कल्पना गर्नु घोर अज्ञानता, पागलपन र जडता मात्र हुन जान्छ।

उदाहरणबाट हेरौं पहिलो संविधान सभामा माओवादी अप्रत्यासितरुपमा पहिलो पार्टी बन्यो, दोस्रोपटक अप्रत्यासितरुपमा तेस्रो बन्न पुग्यो। यहि कुरा काग्रेस र एमालेबारे पनि साचो हो। भारतको नयाँ दिल्लीमा केजरिवालको पार्टी र झाडु चुनाव चिन्हले दुई ठुला पार्टीको इतिहास समाप्त गरि दिएको छ।

यतिबेला एमाले सुर्य वा माओवादी हसिया हथौड़ाको मादल बजाएर वा त्यसैलाइ मापदण्ड बनाएर राजनीतिको बैतरणी तर्न सकिन्छ भनेर कल्पना गर्नु घोर अज्ञानता, पागलपन र जडता मात्र हुन जान्छ। अबको हाम्रो बहस खासगरि एक्काइसौ सताब्दिका युवाहरुको बहस आगामी दिनमा समुन्नत समाजबादको यात्रा कसरी सम्भव हुन सक्दछ ? त्यस्को नेतृत्व कसले गर्न सक्छ ? के शोलोडोलो पुर्व एमालेको नेतृत्वबाट सम्भव छ ? अथवा नेपाली कार्ग्रेस, पुर्व सोलोडोलो माओवादी वा सोलोडोलो जनता समाजबादीबाट के यो यात्रा सम्भव छ ? मेरो बिचारमा छैन। त्यसैले पूर्व वामपार्टीहरु जो बिचारमा आनकातान फरक रहेका छ्न उनिहरुको बिचमा वामएकताको कुरा गर्नु वा सोलोडोलो पूर्व माओवादीहरु सबै एकै ठाउँको बहस गर्नु भावनाको कुरा हो, बिचारको कुरा होइन। पुर्वको आधारमा मात्र नाता गास्नेकुरा आर्दशबादी कुरा हुन जान्छ। यसर्थ अबको बहस पूर्वको आधारमा होइन नीति बिचार र एजेण्डाका आधारमा हुनु प्रद्छ। अबको बहस बनमारा झारजस्तै फैलिएको नितिगत भस्ट्राचारलाइ कसरी निर्मलीकरण गर्न सकिन्छ ? सत्ताको बलमा सबैधानिक र स्वतन्त्र सस्थानहरु माथिको हस्तछेपलाई कसरी रोक्न सकिन्छ? वर्तमान निर्वाचन प्रणालीको ठाउमा एकजना योग्य तर गरिव नागरिकलाई निर्वाचनमा उमेदवार बनाउन सक्ने वातावरणको निर्माण कसरी गर्ने ?वर्तमान शासकीय स्वरुपलाइ बदलेर त्यसको ठाउँमा प्रत्यक्ष कार्यकारी रास्ट्रपतीय प्रणालीमा जानको निम्ति युवाहरूको बहस हुन जरुरी देखिन्छ ।

अत: एक्काईसौं शताब्दीका सचेत युवाहरुले अब सिनियर सिटिजन्सिपमा रुपान्तरण भै रहेका प्रचण्ड, माधव, झलनाथ ,केपि, शेरबहादुर, मोहन बिक्रम, बाबुरामहरुको जिन्दावाद वा मुर्दावादमा समयको बर्वादी नगरौं । उनिहरुलाइ देवत्वकर वा राक्षसीकरण पनि नगरौं । राजनैतिक नेतृत्व युवापुस्ताले लिने दिशामा अगाडि बढ्न सकेमा मात्र हामी समुन्नत समाजबादको यात्रामा अगाडि बढ्ने छौं ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री