बिहीबार, १३ वैशाख २०८१

वामदेव भेट्न सुवास नेम्वाङलाई लिएर भैँसेपाटी पुगे ओली

समयपोष्ट २०७७ फागुन २१ गते २०:४१

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको स्वास्थ्य अवस्था बुझ्नुभएको छ ।

उहाँले गौतमको निवास भैँसेपाटी पुगी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले बताउनुभयो । प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहाकार विष्णु रिमालसमेत पुग्नुभएको थियो ।

गौतमका स्वकीय सचिव दीपक टमटाका अनुसार केहीदिन अघि घरभित्र लडेर उहाँलाई सामान्य चोटपटक लागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री