शुक्रबार, १४ वैशाख २०८१

दलको नेता भएपछि प्रचण्डले भने :ओलीले सहज निकास नदिए अविश्वास प्रस्ताव लैजान्छौँ

समयपोष्ट २०७७ फागुन २१ गते १८:२०

Advertisement

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

शुक्रबार आफू पक्षीय सांसदहरुले पार्टीको संसदीय दलको नेता चयन भएपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्रीले राजीनामा नदिने विकल्पमा अविश्वासको प्रस्ताव दर्ता गर्ने जानकारी दिए ।

‘अब केपी ओलीले सर्वोच्च अदालतको निर्णयलाई स्वीकार गर्दै आइतबारको संसद् बैठकअघि प्रधानमन्त्री पदबाट राजीनामा दिएर सहज निकास दिनुपर्छ । नत्र विकल्पको रुपमा हामी अविश्वासको प्रस्ताव लिएर जान्छौँ ’ उनले भने ।

आफूहरु नै आधिकारिक पार्टी भएको जिकिर गर्दै प्रधानमन्त्री केपी ओलीको पक्षमा लागेका सांसद तथा नेता–कार्यकर्ताहरु आफ्नो पक्षमा आउन उनले आह्वान गरे ।

प्रचण्ड–माधव पक्षको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता चयन गरेको छ । सांसद् सोमप्रसाद पाण्डेले अनुसार ११४ जना सांसदहरुको हस्ताक्षर संकलन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री