मंगलबार, ६ चैत २०८०

मन्त्रिपरिषद् बैठक : चन्द समूहमाथिको प्रतिबन्ध फुकुवा

समयपोष्ट २०७७ फागुन २० गते २०:२१

Advertisement

सरकारले नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।

बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले सरकारी वार्ता टोली र विप्लव समूहको वार्ता टोलीबीच भएको तीनबुँदे सहमतिलाई पनि अनुमोदन गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

शुक्रबार सहमति घोषणा गर्ने विशेष कार्यक्रममा चन्द सार्वजनिक हुँदैछन् । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र चन्दले सम्बोधन गर्ने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री