सोमबार, ६ वैशाख २०७८

टिकटक बनाउन आएकी १२ वर्षीया किशोरीलाई पटक–पटक बलात्कार, महिनावारी रोकिएपछि घटना सार्वजनिक

समयपोष्ट २०७७ फागुन १९ गते ७:४५

Advertisement

नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ बर्षीय युवालाई पक्राउ गरेको छ । बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणका लागि तनहूँ जिल्ला अस्पताल दमौली पठाइएको छ ।

दुई जना नातामा दाजु बहिनी रहेको जिल्ला प्रहरी कार्यालय बेसीशहरले जनाइको छ । प्रहरीका अनुसार जिल्ला अस्पताल लमजुङमा सरकारी डा. अहिले नभएको र सुन्दरबजार अस्पतालका डाक्टरले जवर्जस्ती करणीमा परेकाको स्वास्थ्य अवस्थाबारे हेर्न तालिम नलिएकाले बालिकाको स्वास्थ्य परीक्षणका लागि दमौलीस्थित तनहूँ जिल्ला अस्पतालमा पठाइएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ओमप्रकाश पुनका अनुसार किशोरलाई लमजुङ जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

Advertisement

किशोरीको महिनावारी रोकिएपछि आमाले सोधेपछि नातामा दाई पर्नेले करणी गरेको जानकारी दिएकी थिइन् घटनावारे परिवारका सदस्यले जानकारी पाए लगत्तै प्रहरीमा उजुरी दिएका थिए । प्रहरीका अनुसार गत माघ महिनामा युवाले पटक–पटक करणी गरेका थिए ।

बलात्कारमा संलग्न युवाकी बहिनी र पिडित बालिका साथी हुन् संगै पढने र टिकटक बनाउन भन्दै पिडित बालिका युवाको घरमा जाने गरेकी थिइन् ।

प्रहरीका अनुसार घरमा कोही नभएको मौका पारेर किशोरले आफ्नै घर आएकी किशोरीलाई पटक–पटक करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । सो घट्नाको अनुसन्धान गरी युवाविरुद्ध जवर्जस्ती करणीको अभियोगमा मुद्दा चलाउने तयारी गरेको प्रहरीले जनाएको छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री