बिहीबार, १३ वैशाख २०८१

सुनसान अर्घाखाँची, तयारी अवस्थामा स्वास्थकर्मी, सुरक्षाका सवै अङ्ग परिचालित

समयपोष्ट २०७६ चैत १३ गते ८:००

तस्वीर : अशोक खनाल

अशोक खनाल/अर्घाखाँची

Advertisement

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथामका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेपछि  अर्घाखाँची जिल्ला पूर्ण रुपमा सुनसान बनेको छ । आम नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाट निस्कन रोक लगाएपछि मानिस घरबाट बाहिर निस्केका छैनन् ।

‘लकडाउन’ मा अत्यावश्कीय केही पसलबाहेक अरु सबै बन्द छन् भने सुरक्षाका सवै अङ्ग परिचालित छन् । स्वास्थकर्मी तयारी अबस्थामा खटिरहेका छन् ।

 

तस्वीर : अशोक खनाल

प्रदेश न. ५ का प्रदेश सभा सदस्य चेतनारायण आचार्यले यो संक्रमणको बेला सबैलाई धैर्य रहन आह्वान गर्दै सबै पालिकाहरुमा आइसोलेसन कक्ष र क्यारेन्टाइन गृह बनेको जानकारी दिए । जिल्ला जनस्वास्थ्य प्रमुख पुस्पा थापा र अर्घाखाँची अस्पतालका प्रमुख कपिल गौतमले सबै कक्षको निरीक्षक समेत गरिसकेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री