सोमबार, २४ वैशाख २०८१

आइसोलेशनमा सोनम कपुर

समयपोष्ट २०७६ चैत ६ गते १३:४३

Advertisement

बलिउड नायिका सोनम कपुरले एक भिडियो सेयर गरेकी छिन् । जसमा उनले आफु लण्डनबाट भारत जान लागेको बताएकी छिन् ।

सोनमले इन्स्टाग्राममा भिडियो सेयर गर्दै भनेकी छिन्, ‘म आफ्ना श्रीमान्सहित भारत जाँदै छु । घर जान म निकै आतुर छु । लभ यू अल ।’

भारतको एयरपोर्टमा ल्याण्ड गरेपछि उनले भारतीय सरकार र कोरोनाविरुद्ध लड्नका लागि अपनाइएको तयारीको तारिफ पनि गरेकी छिन् ।

सोनमले भनिन्, ‘एयरपोर्टमा मेरो विभिन्न स्थानमा परीक्षण भयो ।’ एयरपोर्टबाट घर पुगेपछि सोनम परिवारसँगै बसेकी त छिन् तर आफूले आफैंलाई आइसोलेशनमा राख्ने निर्णय लिएकी छिन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री