सोमबार, २४ वैशाख २०८१

ट्रोल भएकी नेहाको समर्थनमा ५ प्रेमिकाको फाटो सेयर गर्नु अंगदको लागि पर्यो भारी

समयपोष्ट २०७६ चैत ४ गते १९:१६

Advertisement

नायिका नेहा धुपियाका श्रीमान अंगद बेदी ट्रोलर्सको निशानामा परेका छन् । श्रीमतीको गल्तीमा साथ दिएका भन्दै वेदी ट्रोल भएका हुन् ।

पछिल्लो दिन नायिका नेहा धुपिया आफ्नो एक ‘इट्स हर चोइस’ वाला कमेन्टका का कारण ट्रोलर्सको निशानमा परिन् ।  श्रीमतीको यो कमेन्टको समर्थन गर्नका लागि अंगद बेदीले आफ्नो पाँच प्रेमिकाको तस्बिर सेयर गरे ।

अंगदले आफ्नी श्रीमतीको समर्थन गर्दै एक पोष्टमा लेखेका छन्, ‘सुन् मेरो कुरा… यी हुन् मेरा पाँच प्रेमिका । जे गर्न सक्छौ गर ।’ आफ्नो यो पोस्टमा अंगदले श्रीमती नेहालाई पनि ट्याग गरेका छन् र ह्याशट्यागसहित लेखेका छन् ‘इट्स माई चोइस’ । वास्तवमा यी तस्बिरमा अंगद आफ्नी श्रीमतीसँग अलग अलग पोजमा देखिएका छन् ।तर यस विषयमा अंगदले श्रीमतीलाई गरेको समर्थन मानिसहरुलाई मन परेन ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री