आइतबार, ६ जेठ २०८१

कोभिड-१९ को त्रासले बेलायती महारानीले छाडिन् बकिङघम प्यालेस

समयपोष्ट २०७६ चैत ४ गते १७:३५

Advertisement

बेलायती महारानी एलिजावेथ द्धितीयाले कोरोना भाइरसको डरले बकिङघम दरबार छोडेको समाचार छ ।

केही साता अघि ९४ वर्षीया महारानीको स्वास्थ्य अवस्था राम्रै भएपनि उनका सल्लाहकारले दरबारबाट अन्यत्र सार्नु उचित रहेको भन्दै विन्सडर क्यासल लगिएको बताइएको छ । उनका श्रीमान फिलिपलाई पनि सेन्डिङगममा अल्लगै राख्ने तयारी भइरहेको छ । दरबार सुत्रले ‘द सन’ लाई दिएको जानकारी अनुसार दरबारमा कसैलाई पनि कोरोना भाइरस संक्रमण नभएको तथा वृद्ध उमेरकी महारानीलाई अलग्गै राख्नु उनको स्वाथ्यका लागि फाइदाजनक भएकाले यस्तो गरिएको बताइएको छ ।

द सनका अनुसार बकिङघम दरबार लन्डनको मध्यभागमा रहेको र त्यहाँ काम गर्ने कर्मचारी धेरै रहेका कारण दरबारभित्रै भिडभाड बढी हुने भएकाले महारानीलाई संक्रमण हुने आशंकाले यस्तो गरिएको बताइएको छ ।

चीनको वुहानबाट सुरु भएर बिश्वभरी महारमारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण बेलायतमा ५५जनाको मृत्यु भइसकेको छ भने १५४३ जनामा संक्रमण देखिएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री