शुक्रबार, १४ वैशाख २०८१

हेर्नुहोस् संसारको सबैभन्दा ‘डरलाग्दो’ बिरालो

समयपोष्ट २०७६ चैत ३ गते १५:१६

Advertisement

स्विटजरल्याण्डको रुटी शहरमा बस्ने यो बिरालो हेर्दा डरलाग्दो देखिन्छ ।

जेरदान नामको यो बिरालोको इन्स्टाग्राम प्रोफाइल पनि छ जसमा २२ हजार बढी फलोअर्स छन् । उक्त बिरालोको हरेक फोटोमा हज्जारौं लाइक्स पनि आउँछन् । जेरदानको ६ वर्षको बिरालो हो ।

लगभग सबैजसो बिरालोको शरीरमा नरम रौं हुन्छन् जसका कारण यी सुन्दर देखिन्छन् तर यो बिरालोको शरीरमा रौं नभएका कारण यो डरलाग्दो देखिएको हो । बिरालोकी मालिक स्यान्ड्रा फिलिप्पी आफ्नो बिरालोलाई धेरै माया गर्छिन् । उनी आफ्नो बिरालो असाध्यै राम्रो भएको बताउँछिन् ।

जेरदानको छाला चाउरी परेका छन् । बिरालोको केही फोटोमा मानिसहरुको केही कमेन्ट देखेर स्यान्ड्रा निकै रिसाएकी पनि छिन् । कतिले यो बिरालोको तुलना एलियनसँग गरेका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री