आइतबार, ६ जेठ २०८१

जब तान्जानियाका राष्ट्रपतिले नेतासँग हात होइन खुट्टा मिलाए…. (भिडियो)

समयपोष्ट २०७६ फागुन २१ गते १२:५८

Advertisement

तान्जानियाका राष्ट्रपति मागुफुलीले खुट्टा मिलाएको भिडियोे सामाजिक सञ्जालमा चर्चित बनेको छ ।

अहिले कोरोना संक्रमणले विश्वलाईनै त्रसित बनाईरहँदा मंगलबार राष्ट्रपति मागुफुलीले चर्चित राजनीतिज्ञ तथा नेशनल कन्भेन्सन फर कन्स्ट्रक्सन एण्ड रिफर्मका अध्यक्ष मालिम सिफ सरिफ हमादसँग दार इस सलाममा अवस्थित सरकारी निवासमा खुट्टा मिलाएका हुन् ।

लामो छलफलपछि यी दुई, पत्रकार सम्मेलनका लागि बाहिर निस्किए । एकअकालाई बिदाई गर्ने बेला उनीहरुले हातको साटो खुट्टा मिलाएपछि सबैजना छक्कै परे ।सरकारी कर्मचारीले एक अर्कालाई भेट्दा मिठो मुस्कानसहित गम्लङ्ग अँगालो हाल्ने चलन छ तर राष्ट्रपति मागुफुलीले भने यस्तो गरेनन् । विश्व स्वास्थ्य संगठनले कसैसँग पनि हात नमिलाउन भनेपछि मानिसहरुले कोरोना भाइरस फैलने डरले एक अर्कालाई अभिवादन गर्न खुट्टा मिलाउन थालेका छन् ।

यसो गर्न राष्ट्रपति मागुफुली पनि चुकेनन् ।हामादसँग हात मिलाउनुको साटो राष्ट्रपतिले खुट्टा मिलाए र टाढै बाट दुबै हात हल्लाएर बिदा भए ।

Advertisement

सोमबार सेनेगललमा कोरोना भाइरसको पहिलो संक्रमित भेटिएको छ । पूरा अफ्रिकाभरी चार संक्रमित भेटिएका छन् । इजिप्ट, अल्जेरिया र नाइजेरियामा पनि कोरोना भाइरसका बिरामी छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री