बिहीबार, २० चैत २०७६

बिमा क्षेत्रमा सबैभन्दा बढी नैतिक जोखिम देखिरहेका छौँ

नेपाल इन्स्योरेन्सका सीईओ तथा एआईआरडीसीका अध्यक्ष, विजयबहादुर शाहको अन्तर्वार्ता

समयपोष्ट २०७६ फागुन २१ गते ११:१७

अर्थतन्त्रको जोखिम बोक्ने भनेको बिमा क्षेत्र हो । बिमा क्षेत्रमा कम्पनी र पुँजी बढेसँगै यहाँले देखेका जोखिम के–के हुन् ?

बिमा जोखिमकै व्यवस्थापन गर्ने व्यवसाय हो । त्यसकारण धेरैले जोखिम देखेको कुरालाई बिमाले व्यवसायका रूपमा देख्छ । बिमाका आफ्नै केही अन्तर्निहित सिद्धान्त अनुसार जोखिम व्यवस्थापन गर्ने हो । अहिले हामीले बिमा बजारमा सबैभन्दा बढी नैतिक जोखिम देखिरहेका छौँ । नैतिक जोखिम भन्नाले बिमामा गर्न नहुने काम गर्नु हो । जस्तो दुर्घटना भइसकेपछि बिमा गराउने, जति क्षति भएको छ त्यो भन्दा बढी दाबी गर्ने या अन्य कुनै कारणले बिमाबाट लाभ लिन खोज्ने, नाफा कमाउन खोज्नेलाई नैतिक जोखिम भनिन्छ ।

बिमा कम्पनीले अर्काको सम्पत्ति कुरेर बसिरहेका छन् । त्यसैले क्षेत्र खोल्ने बित्तिकै आँखा चिम्लिएर रकम लगाउँदैनन् । किनभने उनीहरूले पनि लगानीकर्तालाई प्रतिफल दिनुपर्छ । उनीहरूले कति पैसा लगानी गर्ने, त्यसको प्रतिफल कति, कुन सालबाट आउँछ सबै अध्ययन गरेर गर्लान् ।

नैतिक जोखिम कम गर्ने जिम्मेवारी बिमा कम्पनीकै ठूलो भूमिका हुन्छ । बिमा गर्दा दबाबमा आएर या बिमा कम्पनीकै मानिसले बिमा गरिदिने र त्यसबाट फाइदा लिँदा बिमाप्रति नकारात्मक धारणा विकसित हुने मौका पाउँछ । त्यसकारण ग्राहकबाट हुनसक्ने नैतिक जोखिम व्यवस्थापन गर्नु जरुरी छ । यसलाई समयमा नै नियन्त्रण गर्नुपर्छ । बिमा क्षेत्रमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि गर्ने, उनीहरूलाई अनुशासित, संयमित गराउने काम गर्नु जरुरी छ ।

हाम्रो जस्तो सानो अर्थतन्त्र भएको देशमा ठूला बिमा कम्पनीले खासै चासो राख्दैनन् किनभने उनीहरूले जहिले पनि स्केल अफ अप्रेसन हेर्छन् । त्यसैले हाम्रा पुनर्बिमा गरेका जोखिम यदि क्षमता कम भएका कम्पनी या वित्तीय स्थिरता कम भएका देशमा गए भने र भोलि ठूलो भवितव्य आइपर्दा बिमा उद्योग र देशले नै ठूलो घाटा व्यहोर्नुपर्ने हुनसक्छ ।

दोस्रो जोखिम भनेको हामीले जे जोखिम लगिरहेका हुन्छौँ त्यसको उचित व्यवस्थापन गर्न अति जरुरी छ । यदि हामीले शतप्रतिशत नै पुनर्बिमा गर्यौ भने हाम्रा स्टेक होल्डरलाई प्रतिफल दिन सक्दैनौँ । त्यसकारण हामी आफैले कति जोखिम धारण गर्ने र कति पुनर्बिमा मार्फत हस्तान्तरण गर्ने भन्ने अभ्यास नियमित गरिरहनुपर्छ । हाम्रो जस्तो सानो अर्थतन्त्र भएको देशमा ठूला बिमा कम्पनीले खासै चासो राख्दैनन् किनभने उनीहरूले जहिले पनि स्केल अफ अप्रेसन हेर्छन् । त्यसैले हाम्रा पुनर्बिमा गरेका जोखिम यदि क्षमता कम भएका कम्पनी या वित्तीय स्थिरता कम भएका देशमा गए भने र भोलि ठूलो भवितव्य आइपर्दा बिमा उद्योग र देशले नै ठूलो घाटा व्यहोर्नुपर्ने हुनसक्छ । त्यसकारण हामीले गरेको बिमाको जोखिमको व्यवस्थापन पनि अर्को ठूलो चुनौती हो । जसका बारेमा हामी सचेत रहनुपर्छ । हाल बिमा समितिले यस परिप्रेक्षमा पुनर्बिमा नीति भनेर केही गाइडलाइन बनाएको छ । त्यस अनुसार एक तहभन्दा तलको क्रेडिट रेटिङ भएको कम्पनीलाई मुख्य पुनर्बिमक बनाउनु पाइँदैन तर त्यसो हुँदाहुँदै हामीकहाँ धेरैजसो जोखिम अफ्रिकन, एसियन देशमा बिक्री भइरहेको छ । धेरै पुनर्बिमा भारतमा पनि भइरहेको छ । त्यसलाई नियमित रूपमा हामीले कहीँ न कहीँ मोनिटर गरिराख्नुपर्छ र पुनर्बिमा नीति अझै उत्कृष्ट बनाउँदै लैजानुपर्छ ।

बैङ्क वित्तीय संस्थाबाट हामीले पाउने ब्याजदर दसैको पिङ जस्तो हुन्छ । कहिले १३ प्रतिशत पनि पुुग्छ, कहिले ५, ६ प्रतिशत पनि आउँछ । त्यसैले लङटर्ममा कही न कही त्यो भविष्यवाणी गर्न सक्छौँ कि सक्दैनौँ भन्ने जोखिम छ ।

तेस्रो लगानीको जोखिम हो । यो निर्जीवन बिमाको हकमा अलि कम र जीवन बिमाको हकमा अलि बढी लागू हुन्छ । हामीले हाम्रो डिपोजिट बैङ्क वित्तीय संस्थामा राखेका छौँ । बैङ्क वित्तीय संस्थाबाट हामीले पाउने ब्याजदर दसैको पिङ जस्तो हुन्छ । कहिले १३ प्रतिशत पनि पुुग्छ, कहिले ५, ६ प्रतिशत पनि आउँछ । त्यसैले लङटर्ममा कही न कही त्यो भविष्यवाणी गर्न सक्छौँ कि सक्दैनौँ भन्ने जोखिम छ । हामीले केही जोखिम लगेर पुँजी बजारमा, अन्य वित्तीय संस्थामा लगानी गर्छौं । बिमा समितिले हामी आफैले केही सम्पत्ति विकसित गर्नसक्ने प्रावधान दिएको छ । यस्तै बिमाले आफूले गर्नुपर्ने परम्परागत (ट्रेडिसनल) लाइन अफ बिजनेस पनि गरी नै राख्नुपर्यो । त्यतातिर पनि हामी चनाखो हुनुपर्छ ।

अहिले सबै कम्पनीसँग न्यूनतम लगभग डेढ/दुुई सय करोडको लगानी छ । यो लगानी प्रत्येक वर्ष बढ्दै जाने हो । आजकै दिनमा पनि डेढ/दुुई सय करोड सानो रकम होइन तर यो भोलिका दिनमा २०/२५ प्रतिशतले बढी राख्ने रकम हो । त्यसैले पाँच वर्ष पश्चात् यो एउटा ठूलो रकम हुन्छ । त्यसको व्यवस्थापनका लागि आजदेखि नै अलि चनाखो नभए त्यसले आशातीत प्रतिफल दिन सक्दैन । तिनै लगानीमध्ये केही धरापमा पर्न सक्छन् । त्यसकारण बिमा कम्पनीका मुख्य चुनौती यिनै हुुन् ।

यी जोखिमलाई नियामक निकायले कसरी नियमन गर्न सक्छ ?

नियामक निकायले नियम बनाएर नै नियमन गर्ने हो । नियम बनेका छन् । लगानी सम्बन्धी निर्देशिका, पुनर्बिमा सम्बन्धी निर्देशिका, अन्डर राइटिङ गर्दा अपनाउनुपर्ने प्रोटोकल सम्बन्धी निर्देशिका छन् । यसको अभ्यास अझ सक्रिय भएर गर्नुपर्छ । कतिपय अवस्थामा ती निर्देशिका मात्र नपुुग हुन सक्छन् । अथवा निर्देशिकामा सबै कुरा समेटिएको हुँदैन तर घाम पानी सहेको व्यवस्थापकले त्यति हुुँदाहुुँदै पनि नियामक निकायको निर्देशनभन्दा कम त गर्नै भएन । त्यो भन्दा माथि आफू आबद्ध संस्थालाई अर्को उचाईमा कसरी पुर्याउने भनेर चिन्तनशील हुने मान्छेले त्यसभन्दा पनि माथि गएर काम गर्नुपर्यो । त्यसो गर्नेमा हामी पनि पर्छौ । हामीले आन्तरिक निर्देशिका बनाएका हुन्छौँ । आन्तरिक निर्देशिकाको मातहतमा रहेर कार्यालयमा कार्यरत कर्मचारीले आफ्नो ड्युटी डिस्चार्ज गर्नुहुन्छ ।

केही समयअघि बिमाको आपूर्ति कम थियो, अहिले बिमाको आपूर्ति छ । यो आपूर्तिले माग कसरी सिर्जना गर्ने ?

यसका दुुईवटा पाटा छन् । कति माग भए आपूर्ति पठाउने चलन छ । कतिपय ठाउँमा सप्लाई भयो भने डिमान्ड आफैँ क्रियट हुन्छ । आजको दिनमा नेपालमा बिमाको सप्लाई बढी भएको छ । बिमा गर्छु भन्यो भने एउटा होइन पाँच वटा कम्पनी दगुर्दै पुुग्ने अवस्था छ तर यो सुुरुवात हो । तीन वर्षअघि बिमा गर्न दुुई दिनको बाटो हिँड्नुुपथ्र्यो । अथवा दस वर्षअघि सदरमुुकाममा आएर बिमा गर्नुपथ्र्यो भने अब बिमा कम्पनी गाउँमै पुुगेको अवस्था छ । त्यसले मानिसलाई अथवा हाम्रा देशका बासिन्दालाई उद्यमी बन्न अभिप्रेरित गर्छ । बिमा योग्य जोखिम सानो प्रिमियम तिरेर हस्तान्तरण हुन्छ । त्यसैले पहिलो नम्बरमा बिमाले उद्यमी बन्न अभिप्रेरित गर्छ । दुुई नम्बरमा बिमा र बैङ्किङको अन्तरङ्ग सम्बन्ध छ । यी एक अर्काका परिपूरक हुन् । त्यसैले भोलिका दिनमा बिमाले जोखिम लगिदिने र जोखिम लगिसकेपछि लगानी लगिदिने बैङ्कलाई पनि ढुक्क भयो । मैले सुरक्षणका रूपमा राखेको सम्पत्ति भोलि भवितव्य पर्यो भने मैले बिमा कम्पनीबाट फिर्ता पाउँछु । त्यसकारण कुनै पनि उद्यमीलाई लगानी सुरक्षित छ भनेर लगानी गर्न हौस्याउँछ । यो पूरै साइकल हो । यसले बिमा कम्पनीको व्यवसायसमेत वृद्धि हुने भएकाले आजको दिनमा लामो समयसम्म स्थगित लाइसेन्स एकैपटक दिँदा बिमा कम्पनीको सङ्ख्या धेरै भयो र सप्लाई बढ्यो कि भन्ने हो । हामीले ओभर सप्लाई गर्यौ भने डिमान्ड त क्रियट हुन्छ नै  ।

भोलिका दिनमा बिमाले जोखिम लगिदिने र जोखिम लगिसकेपछि लगानी लगिदिने बैङ्कलाई पनि ढुक्क भयो । मैले सुरक्षणका रूपमा राखेको सम्पत्ति भोलि भवितव्य पर्यो भने मैले बिमा कम्पनीबाट फिर्ता पाउँछु । त्यसकारण कुनै पनि उद्यमीलाई लगानी सुरक्षित छ भनेर लगानी गर्न हौस्याउँछ ।

बिमा समितिले लगानीको दायरा विस्तार गरेको छ तर लगानीमा किन विविधता आउन सकेको छैन ?

लगानीका क्षेत्र खोल्ने बित्तिकै लगानी त्यत्तिकै आउँदैन । त्यसकारण बिमा कम्पनीले अध्ययन गरिरहेका हुन सक्छन् । पूर्वाधारका क्षेत्रमा नै लगानी गर्ने हो भने पनि त्यो पसलमा किन्न त पाइँदैन । त्यो प्रोजेक्टका बारेमा कसैले अध्ययन गर्नुपर्यो, त्यसको लागत, सेयर होल्डर, प्रमोटर, हेर्नुपर्यो । ती सबै प्रक्रिया हेर्न केही समय लाग्छ । राम्रो पार्ट भनेको बिमा समितिले टेक्निकल रिजर्भको रकम छुट्याइसकेपछि त्यस माथिको तपाईको पैसा आफूखुसी लगानी गर्न सक्नुहुन्छ भनेर खोलिदिएको अवस्था छ । यो असाध्यै प्रो याक्टिभ निर्णय हो । बिमा कम्पनीले अर्काको सम्पत्ति कुरेर बसिरहेका छन् । त्यसैले क्षेत्र खोल्ने बित्तिकै आँखा चिम्लिएर रकम लगाउँदैनन् । किनभने उनीहरूले पनि लगानीकर्तालाई प्रतिफल दिनुपर्छ । उनीहरूले कति पैसा लगानी गर्ने, त्यसको प्रतिफल कति, कुन सालबाट आउँछ सबै अध्ययन गरेर गर्लान् । मलाई लाग्छ त्यसले एउटा अवसरको ढोका खोलिदियो । अब त्यसलाई बिमा कम्पनीले अध्ययन गर्दै अघि बढ्छन् ।

दाबी भुक्तानी समयमा नभएको कुरा बेलाबेलामा आइरहन्छन् । अहिले प्रविधिको युगमा सबै काम मोबाइलबाट हुन्छ भने दाबी भुक्तानी पनि मोबाइलबाटै गर्न सकिँदैन ?

मोबाइलबाटै भुक्तानी दिन समस्या केही पनि छैन । हामीले विभिन्न पेमेन्ट गेट वेसँग सम्झौता गरिसकेको अवस्था छ । कतिपय क्षतिको हकमा क्षतिको रकम निर्धारण गर्न क्षति भएको स्थानमा जानु र निरीक्षण गर्न अति जरुरी छ । त्यसैले मोबाइलबाट बिमा गर्न सकियो केही समस्या छैन । क्षतिको निरीक्षण भएर दाबी भुक्तानी दिने रकम निश्चित भइसकेपछि त्यो रकम चेक काटेर उसको हातमा दिनुुभन्दा सीधै उसको खातामा पठाउन सकियो । त्यसका लागि राष्ट्र बैङ्कले पनि सिलिङ अलिकति फुुकाइदिएको छ । हाल ठूलो रकमलाई त्यसो गर्न सकिँदैन । सानो रकम हामीले त्यसरी नै हेर्ने हो । त्यसैले हामी पनि डिजिटाइजेसनको प्रोसेसमा छौँ । हामीले यी स्टेपलाई क्रमशः डिजिटाइज गर्दै जाने हो । जसले गर्दा हाम्रो कामको चाप पनि कम हुन्छ । ग्राहकले पनि रकम छिटो छरितो पाउँछन् । करिब करिब सबै बिमा कम्पनी त्यतातिर अभिमुख भइसकेका छन् ।

७२ वर्षदेखि नेपाली जनताको विश्वास बोकेको यस कम्पनीलाई अझ विश्वासिलो बनाउने र सफलताको सिँढी उकाल्ने हाम्रो प्रतिबद्धता छ । त्यही अनुसार हामीले व्यापक रूपमा शाखा विस्तार गरिरहेका छौँ । कर्मचारीलाई नियमित रूपमा अभिमुखीकरण र ग्राहकसेवामुखी बनाउन लागिपरेका छौँ ।

नेपाल इन्स्योरेन्सको अहिलेको अवस्था कस्तो छ ? आगामी योजना के छन् ?

नेपाल इन्स्योरेन्सको अवस्था असाध्यै उत्साहप्रद छ । ७२ वर्षदेखि नेपाली जनताको विश्वास बोकेको यस कम्पनीलाई अझ विश्वासिलो बनाउने र सफलताको सिँढी उकाल्ने हाम्रो प्रतिबद्धता छ । त्यही अनुसार हामीले व्यापक रूपमा शाखा विस्तार गरिरहेका छौँ । कर्मचारीलाई नियमित रूपमा अभिमुखीकरण र ग्राहकसेवामुखी बनाउन लागिपरेका छौँ । हामीले भर्खरै मात्र अर्धवार्षिक तथ्याङ्क फाइनल गर्यौ । हाम्रो व्यवसायको वृद्धि (ग्रोथ) हेर्दा यो निर्जीवन बिमा उद्योग २०७६ /२०७७ को पहिलो ६ महिनामा करिब करिब आठ/नौ प्रतिशतले बढेको अवस्थामा हाम्रो ग्रोथ पनि त्यही नै छ । नाफा पोहोरको भन्दा बढी छ । ग्राहकको सङ्ख्या क्रमशः बढ्दै छ । हामीले छ महिनामा ८६ हजार पोलिसी जारी गरेका छौँ । पहिले ७१ हजार मात्र थियो । ग्राहकले विश्वास गरेर नै बिमा गराए । त्यसकारण यो विश्वासको यात्रामा हामी क्रमिक रूपमा अगाडि बढिरहेका छौँ । हामीले ग्राहकको आशा पूरा गरेनौँ भने हाम्रो सफलता दिगो रहँदैन । त्यसकारण हामी ग्राहक केन्द्रित भएर छिटो र सरल सेवा दिन लागिरहेका छौँ । 

प्रतिक्रिया