पोसाक उद्योग सञ्चालनमा आएपछि अभिभावक खुशी

प्यूठान नगरपालिका–१० मरन्ठाना खरिबोटका विष्णु गिरीले निजी लगानीमा ‘राप्ती गण्डकी युनिफर्म उद्योग’ सञ्चालनमा ल्याउनुभएको छ । सैनिक सेवाबाट अवकाश हुनुभएका ४४ वर्षीय उहाँले २०६९ सालबाट उद्योग सञ्चालनमा ल्याउनुभएको थियो । उहाँले भन्नुभयो,“शुरुमा बुटवलमा उद्योग सञ्चालन गरे । राम्रोसंग सञ्चालन हुन नसकेपछि गत वर्षदेखि आफ्नै गाउँमै ल्याए । अहिले राम्रो चलेको छ । ”

Advertisement

विद्यालयका छात्रछात्रालाई आवश्यक पर्ने टाइ,बेल्ट, ट्र्याकसुट, टिसर्ट लगायतका पोसाक उद्योगमा उत्पादन हुन्छन् । ती सामग्री जिल्लाका विद्यालय सहित छिमेकी जिल्ला रोल्पा, दाङ, अर्घाखाँची, बाग्लुङलगायतमा समेत विक्री हुने गरेको उहाँले जानकारी दिनुभयोे । रु ३० लाख लगानी रहेको उद्योगमा आठ जनाले रोजगारीसमेत पाएका छन् । हालसम्म रु आठ लाख आम्दानी लिएको उहाँले जानकारी दिनुभयो । अभिभावकलाई जिल्लामै उद्योग सञ्चालनमा आएसँगै सहज भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री