बुधबार, ७ साउन २०८२

कामना सेवा विकास बैंकको ६८ औं शाखा धनुषाको पिडारी चोकमा

समयपोष्ट २०७५ फागुन १४ गते १४:४९

कामना सेवा विकास बैंक लिमिटेडले धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नं ९ स्थित पिडारी चोकमा ६८ औं शाखा विस्तार गरेको छ । उक्त शाखाको बैंकका संचालक बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रूपमा कारोबार शुभारम्भ गरे ।

यससंगै प्रदेश नं २ मा बैंकको शाखा चार वटा पुगेको छ । बैंकले थप शाखाहरु पनि शिघ्र सञ्चालनमा ल्याउने तयारी गरिरहेको बैंकका कार्यकारी अधिकृत बस्नेतले जानकारी दिए ।

काठमाडौँको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले हाल ६८ वटा शाखा तथा २० वटा एटिएम मार्फ ग्राहकहरुलाई बैंकिंग सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री