बुधबार, ७ साउन २०८२

कामना सेवा बैंककोे ६७ औं शाखा सर्लाहीको हरिवनमा

समयपोष्ट २०७५ फागुन १३ गते १८:३४

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा सर्लाही जिल्लाको हरिवन नगरपालिका ११मा ६७ औं शाखा कार्यालय संचालनमा ल्याएको छ ।

बैंकका संचालक बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरे । उक्त कार्यक्रममा बैंकका प्रदेश नं २ का प्रमुख राकेश सिंह तथा बैंकका उच्च पदस्थ कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले उक्त शाखा प्रदेश नं २ को लागि तेस्रो शाखा भएको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा ल्याउने गरि निर्माण तथा सजावटको काम भईरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री