सोमबार, ७ जेठ २०८१

पोखरामा साङ्गयोङ्ग मोटर्सको नयाँ शोरुम

समयपोष्ट २०७५ फागुन १३ गते १४:२६

Advertisement

नेपालको लागि आइ एम एस ग्रुपको आधिकारिक बिक्रेता साङ्गयोङ्ग मोट्र्सले पोखराको उत्तमचोकमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । नयाँ शोरुम सञ्चालनमा ल्याएको अवसर पारेर कम्पनीले “साङ्गयोङ्ग सुपर सेभिङ्ग र जेएरो मेन्टनेन्स् मूल्य” योजना सार्वजनिक गरेको छ । यस योजनामा ग्राहकहरुले असिमित लाभ उठाउन सक्नेछन् ।

त्यसको साथै कम्पनीले गाडी खरीदमा २ वर्षको मेन्टनेस् खर्च नि:शुल्क,५ बर्ष सम्म फ्रि सर्भिसङ्गि, स्पेश मूल्य र एक्सचेन्ज गर्दा उत्कृष्ट भ्यालुसेनको व्यवस्था गरिने जनाएको छ । कम्पनीले फ्रि रोड् ट्याक्स् (,२०७५÷२०७६), ६०,००० किलो मिटर सम्म तिन बर्षे वारेन्टी ,गाडीका पार्टहरु सहुलीयत दरमा प्राप्त गर्न सकिने,अन्य आवश्यक उपकरणहरु निशुल्क साथै प्रत्येक टेस्ट् ड्राइभमा उपहारको व्यवस्था गरिने जनाएको छ ।

शोरुम समुद्घाटन कार्यक्रममा अर्थ तथा योजना मन्त्रालयका माननीय किरण गुरुङ्ग, मिस नेपाल २०१२ सृस्टी श्रेष्ठ, आइ.एम् .एस् गुरुपका अध्यक्ष दिपक मलहोत्रा, प्रेसिडेन्ट तथा सिइओ दिकेश मलहोत्रा, आइ.एम् .एस् मोटर्सका निर्देषक विमल सावर्थिया र मिस नेपाल २००९ जेनिशा मोक्तानलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री