नेपाल बंगलादेश बैंकले दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै
नेपाल बङ्गलादेश बैंक लिमिटेडले दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ ।
बैंकले “एनबिबी डिबेञ्चर २०८५/८६” निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल ईन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडसंग सम्झौता गरेको छ ।
ऋणपत्र निष्काशन सम्बन्धी सभ्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगान र नबिल ईन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।
बैंकले प्रति इकाइ १ हजार रुपैयाँ अंकित दरका २० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो। दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब २० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात ८० करोड बराबको ऋणपत्र सर्वसाधारणका लागि निष्सकान गरिने छ। ऋणपत्रको स्वीकृति धितोपत्र बोर्डको स्वीकृति लिन बाँकी छ। प्रस्तावित ऋणपत्र १०.२५ प्रतिशत वार्षिक व्याज दरले अर्धवार्षिक रुपमा भुक्तानी गर्ने गरी १० वर्ष अवधिको लागि निष्काशन गर्न लागिएको हो।
प्रतिक्रिया