शुक्रबार, १४ वैशाख २०८१

रेमण्डको छैटौं शोरुम जावलाखेलमा, ८ हजारदेखी ५ लाखसम्मका सुटहरु खरिद गर्न सकिने

समयपोष्ट २०७५ फागुन ५ गते १७:३९

Advertisement

विश्वप्रसिद्ध सटिङ्ग सुटिङ्ग ब्राण्ड रेमण्डले नेपालमा आफ्नो छैटौं शोरुम ललितपुरको जावलाखेलमा आज एक कार्यक्रमका विच शुभारम्भ गरेको छ ।

नयाँ शोरुममा टेलरिङ्ग सेवा बाहेक रेयमण्ड ब्राण्डका सर्ट, टाइ, इनर वेयर जस्ता सामाग्रीहरु उपलब्ध छ । शोरुममा ग्राहकले आफ्नो इच्छा र चाहाना अनुसार रु.८,४९९ देखि रु. ५ लाख सम्म पर्ने रेमण्डको सुटहरु खरिद गर्न सक्नेछन् ।

यस ब्राण्डका कपडाहरुमा खुम्चीने समस्या नआउनुका साथै चर्को घामको किरणले समेत कुनै असर नपार्ने (पराबैजनी किरणले) अत्याधुनिक बिशेषताहरुले गुणस्तरिय भएको सोरुमले जनाएको छ ।

यसले प्रयोग गर्ने कपडाहरुमा कसमिरि, महेर, आन्गोरा जस्ता उच्च कोटिका कपडाहरु प्रयोग गरी तयार पारिएका रेमण्डका उत्पादनहरु अन्य ब्राण्डको उत्पादन भन्दा स्तरिय , उच्च गुणस्तरको तथा टिकाउ र सर्वसुलभ भएको रेमण्डले जनाएको छ ।

सटिङ्गसुटिङ्गमा साथै रेमण्ड ब्राण्डमा प्रयोग हुने सामाग्री मेरीनो उल्लबाट ल्याइन्छ भने उल्ल मार्क कम्पनीबाट यसले गुणस्तर चिन्ह प्राप्त गरेको छ ।

रेमण्डका अध्यक्ष संजय अधिकारीले आफ्नो ब्राण्डका पहिरनमा गुणस्तरको ग्यारेन्टी हुनुका साथै यसको निश्चित मूल्य भएको बताए । उपभोक्ताहरुलाई उनले यस ब्राण्डको प्रयोगबाट ठगिने आशंकाबाट ढुक्क भइ रेमण्ड खरिद गर्न सक्ने दावी गरे ।

नेपालको पुतली सडकमा रेमण्ड ब्राण्डको आधिकारीक शोरुम पहिलो पटक सन १९९९ मा संचालनमा आएको हो । जाउलाखेलमा नयाँ खोलिएकोे आउटलेट सहित रेमण्डका ब्राण्र्डहरु देशका विभिन्न पाँच स्थान दवारमार्ग, न्यूरोड, त्रिपुरेश्वर र नारायणघाटमा रहेका छन् । साथै यसले देशका विभिन्न शहरहरुमा आफ्ना ब्राण्डहरु, शाखाहरु विस्तार गर्ने योजनामा रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री