बिहीबार, १३ वैशाख २०८१

घलेम्दी हाईड्रोपावरको शेयर कारोबार खुला

समयपोष्ट २०७५ फागुन ५ गते १२:२५

Advertisement

घलेम्दी हाईड्रोपावरको कम्पनीको फागुन ५ गते आइतबारदेखि नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार खुला भएको छ।

नेप्सेले हाइड्रोपावरको कारोबारको लागि जिएचएल कारोबार संकेत प्रदान गरेको छ। यस्तै नेप्सेले हाइड्रोपावरको पहिलो कारोवारका लागि न्यूनतम एक सय रुपैयाँ देखि अधिकतम ३०० रुपैयाँसम्मको ओपिनिङ्ग रेञ्ज प्रदान गरेको छ। आइतबार यसै न्यूनतम १०० देखि अधिकतम ३०० रुपैयाँ रेञ्जभित्र रहेर कम्पनीको शेयर कारोबार सुचारु हुनेछ।

कम्पनीले शुक्रबार नेप्सेमा स्थानीय र सर्वसाधारणका लागि निष्काशन गरेकाे १६ लाख ५० हजार कित्ता आईपिओ सहित कूल ५५ लाख कित्ता शेयर कारोबारका लागि सूचीकरण गराएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री